४ पुस २०८२, शुक्रबार | December 20, 2025

कांग्रेसलाई गठबन्धनवाट बाहिर निस्कन एमाले महासचिवको सुझाव



दाङ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धनवाट बाहिर निस्कन कांग्रेसलाई सुझाव दिएका छन् ।

वर्तमान सरकारको गलत रवैयाका कारण मुलुक संकटमा फसेको टिप्पणी गर्दै महासचिव पोखरेलले कांग्रेस गठबन्धनबाट बाहिर निस्केर देशको हितमा लाग्नु पर्ने जनाएका हुन् ।

प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दलालहरुको पहुँच सरकारको नेतृत्व गरेका शयनकक्षसम्म पुगेको र मुलुकको अर्थतन्त्र डमाडोल भईसक्दा पनि कांग्रेस गठबन्धन भनेर बसेको आरोपसमेत लगाएका छन् ।

उनका अनुसार पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बर्तमान सत्ता गठबन्धन तस्करको इशारामा चलिरहेकाले मुलुकको सर्बोपरी हितमा काम गर्न सक्ने अवस्थामा छैन ।

‘सरकार माफियाका पछाडि लाग्दा मुलुकको अर्थतन्त्र कमजोर भयो । सरकारले अबैधानिक अर्थतन्त्रलाई प्रोत्साहन र बैधानिक अर्थतन्त्रलाई दुरूस्सहान गरेकाले अर्थतन्त्र बलियो हुन सकेको छैन्’ उनले भने ।

सत्ता गठबन्धनबाट तत्काल बाहिरिन कांग्रेसलाई सुझाव दिएका पोखरेलले गठबन्धनबाट बाहिरिन ढिलाई गरे गठबन्धनसँगै काँग्रेसको भविष्य समाप्त हुने उनको दाबी छ ।

‘काँग्रेस जसरी अहिले एक्लै बलियो बन्ने आँट गरेको छैन् । यदि यो गठबन्धन छाड्ने आँट गरेन भने काँग्रेस पनि गठबन्धन सँगसँगै समाप्त हुन्छ,’ उनले भने ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ४ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको