२० बैशाख २०८१, बिहिबार | May 3, 2024

बुटवलको कान्छो ब्यवसायिक संस्था उद्योग ब्यापार संघको आफ्नै भवन बन्दै



बुटवल । भाडाको घरबाट कार्यालय सम्पादन गर्दै आएको उद्योग ब्यापार संघ बुटवलले आफ्नै भवन बनाउने भएको छ । बुटवल उपमहानगरले वडा नम्बर ११ देबीनगरमा जग्गा उपलब्ध गराएसँगै संघले आफ्नै भवन बनाउन थालेको हो ।

बुटवल–११ देवीनगरमा वडा कार्यालय भवनको पछाडि बुटवल उपमहानगरले दिएको २ कठ्ठा जग्गामा संघको भवनका लागि आज शिलान्याश गरिएको छ । बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले एक कार्यक्रमकाबीच सचिवालय भवनको शिलान्याश गरे ।

शिलान्याश कार्यक्रममा बोल्दै नगर प्रमुख पाण्डेयले उद्योगी व्यवसायीका संस्थाहरु स्थापित र बलियो भए मात्र बुटवल बजार गुल्जार हुने र बुटवलको विकासमा योगदान पुग्ने बताए । उनले उपमहानगरले बुटवलमा क्रियाशील सबै व्यवसायिक संघसंस्थालाई समान दृष्टिले हरेको बताउँदै सबै संस्थाहरुसंग सहकार्य गरेर उपमहानगरले बुटवलको आर्थिक विकास र बजार चलायमान बनाउन चाहेको बताए ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले सचिवालय भवनका लागि जग्गा उपलब्ध गराएकामा उपमहानगरपालिका र वडा कार्यालयलाई धन्यवाद ज्ञापन गर्दै एक वर्षभित्र दुईतले भवन तयार गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

तल्लो तला सभा हल र माथिल्लो तलामा कार्यालय रहने गरी बन्ने भवनको लागत डेढ करोडदेखि २ करोड हुने जानकारी दिए । अध्यक्ष गैरेले आगामी २०८२ सालमा बुटवल मण्डपमा औद्योगिक ब्यापार मेला सञ्चालनको पालो रहेको समेत जानकारी गराए ।

कार्यक्रममा नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेम पराजुलीले बुटवलका मुख्य ४ व्यवसायिक संस्था मध्ये कान्छो भएपनि संघले अन्य पुराना संस्था सरह सामाजिक योगदान गरेको बताउंदै संघको भवन निर्माणमा महासंघबाट आर्थिक सहयोगको पहल गर्ने बताए ।

वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बुटवलका अन्य ३ व्यवसायिक संस्थाका भवन बनिसकेका तर यो संस्थाको भवन बन्ने क्रममा रहेकाले सबैको सहयोग आवश्यक रहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेल, रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पराजुली, संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डे, महासचिव पदम जीसी लगायतले आआफ्ना भनाई राखेका थिए ।

प्रकाशित मिति : ११ कार्तिक २०८०, शनिबार  ९ : ३२ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक