२ श्रावण २०८३, शनिबार | July 19, 2026

गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको दाबी



काठमाडौं । इजरायल-हमास युद्धका क्रममा गाजामा मात्र मृत्यु हुनेको संख्या ८ हजार ३०० जना नाघेको दाबी गरिएको छ ।

इजरायलमा ७ अक्टोबरमा प्यालेस्टाइनको चरमपन्थी समूह हमासले आक्रमण गरेसँगै सुरु भएको बमबारीले गाजामा मृत्यु हुनेको संख्या ८ हजार ३०० नाघेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ ।

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले एन्क्लेभमा प्रतिशोधात्मक बमबारी सुरु गरेदेखि गाजामा कम्तिमा ८,३०६ जना मारिएका छन् । जसमध्ये ३ हजार ४५७ नाबालिग परेका छन् ।

मृत्यु हुनेमा २ हजार १३६ महिला र ४८० वृद्धवृद्धा पनि परेकाके जारी विज्ञप्तिमा भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले गाजाका अस्पतालहरूमा बिजुली आपूर्तिको अभावका कारण मुस्किलले स्वास्थ्यकर्मीहरुले काम गरिरहेका जनाएको  छ।

अस्पताल, आश्रयस्थल, बेकरी, पानी प्रशोधन र पम्पिङ स्टेशन र ढल निकास प्रणालीका लागि विद्युत उत्पादन गर्न आवश्यक पर्ने स्ट्रिपमा इन्धनको ढुवानी पनि भएको नभएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १२ : २४ बजे

मनसुन प्रतिकार्य कमाण्ड पोष्ट बैठक : २३ जिल्लामा रातिमा सवारी आवागमन रोक लगाउन निर्देशन

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अतिभारी

मुग्लिन-नारायणगढ सडकमा सवारीसाधन संचालनमा रोक

काठमाडौँ । शनिबार राति १० बजेदेखि अर्को सूचना जारी नभएसम्म

उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक

‘क्यामेरा, बुम, परिचयपत्र’ बोकेपछि जहाँसुकै स्वतः पहुँच पुग्छ भन्नु गलत मानसिकता’

नेपालगन्ज । पत्रकारिताको नाममा भइरहेका केही गैरजिम्मेवार र आचार संहिता

प्रचण्ड र श्रीलंकाको सत्तारुढ जेभीपीका महासचिव सिल्भाबीच भेटवार्ता

कोलम्बो । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा नेपालका पूर्वप्रधानमन्त्री पुष्पकमल