२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

आइसिसी टी-२० विश्वकप एसिया छनोट : ओमान २२ रनले विजयी



काठमाडौं आइसिसी टी २० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा ओमानले सिङ्गापुरलाई २२ रनले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमानले सिङ्गापुरालाई जीतका लागि एक सय ७५ रनको लक्ष्य दिएको थियो । जवाफमा सिङ्गापुर निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ५२ रनमा समेटियो ।

सिङ्गापुरका लागि सुरेन्द्र चन्द्रमोहनले सर्वाधिक ३१ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४१ रनको योगदान दिए । त्यस्तै मनप्रित सिंङले ३१, अरित्रा दत्तले १३ तथा अनिश परामले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन् ।

बलिङतर्फ ओमानका विलाल खान र फयाज बुटृले दुईरदुई विकेट लिए भने शाकिल अहमद, जिशान मकसुद र अकिब इलियासले समान एक-एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले निर्धारित २० ओभरमा छ विकेट गुमाउँदै एक सय ७४ रनको योगफल बनाएको थियो । उसका लागि अकिब इलियासले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६३ रनको योगदान दिए । त्यस्तै प्रतीक अथवले ४२ जिशान मकसुद २६ तथा कश्याप प्रजापतिले १२ रन जोडे । सिङ्गापुरका जनक प्रकाश, अनिश पराम र रमेश कलिमुथुले समान दुई-दुई विकेट झारे ।

यस जितसँगै ओमानले प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । हिजो भएको पहिलो खेलमा ओमानले मलेसियालाई ३२ रनले पराजित गरेको थियो । त्यस्तै सिंगापुरको भने यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा सिङ्गापुर आयोजक नेपालसँग आठ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  १ : ३५ बजे

लागुऔषधसहित तीन जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११

गगन थापालाई गोपालमान श्रेष्ठको सुझाव – “राजीनामाले पार्टी र देशलाई हित गर्दैन”

काठमाडौं । नेपाली कांग्रेसका पाका नेता गोपालमान श्रेष्ठले गगन थापालाई

राष्ट्रसङ्घद्वारा नेपालको प्रस्ताव पारित, मुलुकका निम्ति महत्वपूर्ण कूटनीतिक उपलब्धि

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले नेपालको प्रस्तावमा अन्तरराष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव

शुक्ला-लालझाडी-जोगबुडा कम्प्लेक्समा बाघ गणना सुरु

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जअन्तर्गत शुक्लाफाँटा-लालझाडी-जोगबुढा कम्प्लेक्समा मङ्गलबारदेखि बाघको

सार्क-जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)