१२ बैशाख २०८३, शनिबार | April 26, 2026

वन-म्यान चियर खेलाडी ‘अङ्कल पर्सी’ को निधनले श्रीलङ्का शोकमा



कोलम्बो । वन-म्यान चियर लिडर र अन्तर्राष्ट्रिय खेलहरूमा स्थायी उपस्थिति जनाउने ‘सुपर फ्यान’ को निधनप्रति श्रीलङ्काका क्रिकेट खेलाडी तथा समाचारपत्रहरूले मङ्गलबार शोक व्यक्त गरेका छन् ।

सतासी वर्षीय पर्सी अबेसेकराको छोटो बिरामपछि सोमबार राजधानी कोलम्बो बाहिरको एक अस्पतालमा निधन भएको उनको परिवारले जनाएको छ ।

श्रीलङ्काका पूर्वकप्तान माहेला जयावर्धनेले अबेसेकरा ‘श्रीलङ्काली क्रिकेटरहरूको थुप्रै पुस्ताका लागि वास्तविक १२ औँ खेलाडी’ रहेको बताए ।

“उहाँ मेरो सम्पूर्ण करियरको समयमा हुनुहुन्थ्यो, हाम्रो हौसला बढाउनुहुन्थ्यो, देशको झन्डा फहराउनुहुन्थ्यो र जिते वा हारे पनि सधैँ हामीलाई हँसाउनुहुन्थ्यो”, जयावर्धनेले भने, “हामी सधैँ तपाईंलाई सम्झिने छौँ ‘पर्सी अङ्कल’ ।”

अर्का पूर्वकप्तान कुमारा सङ्गाकाराले अबेसेकरा पनि खेलाडीहरूजस्तै श्रीलङ्का क्रिकेट टिमको हिस्सा भएको बताए । “मेरो डेब्युदेखि लिएर अन्तिम खेलसम्म अङ्कल पर्सी निरन्तर हुनुहुन्थ्यो, श्रीलङ्काको खेलमा उहाँको योगदान जर्सी लगाएको कुनै पनि खेलाडी बराबर छ”, उनले भने ।

‘क्रिकेटका पागल’

सन् १९९६ को विश्वकप विजेता श्रीलङ्का टिमका सदस्य सनथ जयसुरियाले सामाजिक सञ्जाल एक्समा भनेका छन, “हाम्रा प्रिय अङ्कल पर्सीले आफ्नो भगवान्लाई भेट्नुभएको छ भन्ने सुन्दा धेरै दुःख लागेको छ, तपाईं पहिला सुपरफ्यान हुनुहुन्थ्यो र हामी सबैका लागि तपाईं सधैँ विशेष रहनुहुनेछ ।”

जारी विश्वकपमा सोमबार अफगानिस्तानसँग श्रीलङ्काको हारपछि स्पिन बलर महेश तीक्षणाले भने, “म केटाकेटी हुँदा उहाँ खेलमा मुख्य व्यक्ति हुनुहुन्थ्यो, उहाँले झन्डा फहराएको मैले देखेको थिएँ, त्यसैले टिमको एउटा सदस्यका नाताले यस्तो समाचार सुन्दा निराश छु ।”

डेली एफटी अखबारले भनेको छ, “पर्सीले आफ्नो जीवन र आत्मा खेललाई सुम्पिनुभयो र उहाँ आफैँमा एउटा किंवदन्ती हुनुहुन्थ्यो ।”

सन् १९८२ मा इङ्गल्यान्डविरुद्ध टेस्ट डेब्युपछि अबेसेकरा श्रीलङ्काका खेलहरूमा लगातार उपस्थित हुनुभयो । “म पर्सी हुँ, क्रिकेटको पागल हुँ तर अल्छी क्रिकेटर, दर्शक र प्रशासकहरूप्रति मलाई कुनै दया छैन”, उनलाई सम्झँदै एफटीले भनेको छ ।

उनले इङ्गल्यान्डका ब्याट्सम्यान क्रिस टावरेलाई श्रीलङ्काको झन्डा समातेर राजधानी कोलम्बोको पी सारा ओभलको पिचमा लगेका थिए ।

उनका नाति र नातिनीको नाम वेस्टइन्डिजका महान खेलाडी गेरी सोबर्स र भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकरको नाममा गारफिल्ड र सचिन्का राखिएको छ ।

युवावस्थामा अबेसेकराले सन् १९४८ मा डन ब्राडम्यानलाई कोलम्बो ओभलमा खेलेको हेरेका थिए । करिब आधा शताब्दीपछि श्रीलङ्काले लाहोरमा अस्ट्रेलियालाई हराएर ५० ओभरको विश्वकप जितेको पनि उनले हेरे । यो उनको जीवनकालमा क्रिकेटका हाइलाइटहरूमध्येको एक हो ।

न्युजिल्यान्डका पूर्वकप्तान मार्टिन क्रोले एकपट उनलाई आफ्नो म्यान अफ दि म्याच पुरस्कार दिएका थिए । सन् २०१५ मा भारतले श्रीलङ्का भ्रमण गरेका बेला विराट कोहलीले उनीसँग अँगालो मारेका थिए ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ३ : २२ बजे

दलीय गठबन्धनलाई पराजित गर्दै खजुरा खानेपानीमा स्वतन्त्र उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा गाँउपालिका ३ खजुरा बजारमा सञ्चालनमा रहेको

आज ५७२ सवारी चालकलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीको विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’का क्रममा आज

विपद्जन्य घटना : १२ दिनमै २३ जनाको मृत्यु, ७३ जना घाइते

काठमाडौँ । विभिन्न विपद्जन्य घटनामा परेर यो महिनाको १२ दिनमै

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौँ । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा

बुटवलमा सरकारी जग्गामा बनेका संरचना हटाइने, उपमहानगरको सूचनापछि डोजर चल्ने सम्भावना

बुटवल । बुटवल उपमहानगरपालिकाले सरकारी स्वामित्वको जग्गामा निर्माण गरिएका घरटहरा