५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

महासचिव गुटेरेस र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता



काठमाडौं । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित सङ्घीय संसद सचिवालयमा रहेको राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा उनीहरुबीच भेटवार्ता भएको हो ।

अध्यक्ष तिमिल्सिनासँगको भेट लगत्तै महासचिव गुटेरेसले उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेट गरेका छन । उनीहरुबीच गृहमन्त्रालयमा भेटवार्ता भएको हो ।

महासचिव गुटेरेसले आजै सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्नेछन । चारदिने नेपाल भ्रमणमा रहेका गुटेरेसले यसअघि उच्चस्तरीय भेटवार्ता र सगरमाथा क्षेत्र, अन्नपूर्ण आधार शिविर, पोखरा र लुम्बिनीको अवलोकन भ्रमण गरिसकेका छन ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ४ : ०७ बजे

चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ ओटा पुरस्कार वितरण गर्दै

बुटवल । चलचित्र पत्रकार संघ नेपाल, शाखा रुपन्देहीले यही जेठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी

निर्मला थापाको ‘इन्द्रकमल’ सार्वजनिक

काठमाडौं । गायिका निर्मला थापा मगरको मौलिक लोक दोहरी गीत

बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै

बागमती । बागमती प्रदेशसभाअन्तर्गत विषयगत समितिका सभापतिको नाम आज चयन

जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन