११ फाल्गुन २०८०, शुक्रबार | February 23, 2024

चितवनमा पहिलो पटक आमाको नामबाट नागरिकता



चितवन । जिल्लामा पहिलो पटक बाबु नभएको स्वघोषणा गरेर नागरिकता दिइएको छ । आज जिल्ला प्रशासन कार्यालयले भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय विशाल उपाध्यायलाई आमाको नामबाट नागरिकता दिइएको हो ।

मायादेवी उपाध्यायको छोरा विशाल उपाध्यायले बुबा रमाकान्त रखाल हालसम्म पहिचान हुन नसकेको भन्दै स्वघोषणा गरेसँगै उनलाई आमाको नामबाट नागरिकता दिइएको सहायक प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी शर्माले जानकारी दिए । उनका अनुसार नेपालको नागरिकता ऐनको पहिलो संशोधन र नियमावलीको तेस्रो संशोधनअनुसार नागरिकता दिइएको हो ।

उपाध्याय परिमार्जित ऐनअनुसार नागरिकता लिने जिल्लामा पहिलो व्यक्ति भएको उनले बताए । उपाध्यायलाई प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले नागरिकता प्रदान गरेका हुन् । थापाले ऐनमा भएको संशोधनले नागरिकताको समस्या समाधान भएको बताए । स्वघोषणा गरेपछि नागरिकता प्राप्त गरेका बाबु पहिचान भए स्वघोषणा गर्नेहरुलाई कारबाही हुने उनले बताए । कानुनअनुसार कैद र जरिवानाको व्यवस्था भएको उनले जानकारी दिए ।

श्रीमान् १८ वर्षदेखि सम्पर्कमा नआएपछि स्वघोषणा गर्न बाध्य भएको आमा मायादेवीले बताइन् । उनले भनिन्, “छोरो जन्मिएको एक वर्षपछि छोराको बुबा हराउनुभएको हो । अहिलेसम्म सम्पर्कमा आउनुभएन ।” छोराले आफ्नो नामबाट नागरिकता पाएपछि आफू खुसी भएको र जिम्मेवारी थपिएको महसुस गरेको उनले बताइन् ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : ०९ बजे

किशोरीमा रक्तअल्पताको समस्या

नेपालगन्ज । बाँकेको कोहलपुरमा किशोरीमा रक्तअल्पताको समस्या देखिएको छ ।

शाइन आर्थिक पत्रकारिता पुरस्कार गौतम र कार्कीलाई

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीको सहकार्यमा शाइन रेसुंगा डेभलपमेन्ट

शेरेसको थ्रिएस सुविधा सहितको शोरुम बुटवलमा शुभारम्भ

बुटवल । शेरेस कम्पनीको सेल्स, सर्भिस र स्पेयसपाट्सको शोरुममा बुटवलमा

त्रिभुवन युनाइटेड एकेडेमीमा फूड फेस्टिबल सम्पन्न

बुटवल । बुटवल-७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमीका विद्यार्थीहरुले शुक्रबार फुड

अभिनेत्री रेखा थापालाई पुत्रीलाभ

काठमाडौं । अभिनेत्री रेखा थापालाई पुत्रीलाभ भएको छ । अभिनेत्री