२८ माघ २०८२, बुधबार | February 12, 2026

क्षमता अनुरुप लगानी भित्राउन अर्थमन्त्री महतको आह्वान



लन्डन। अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाली डायरस्पोराले नेपालप्रति प्रेम देखाउने अहिले उपयुक्त समय भएको बताएका छन् ।

नेपाली दूतावास लन्डनमा आयोजित स्वागत तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘नेपाली डायरफोराले नेपालमा लगानी गरेर वास्तविक माया देखाउने बेला आएको छ । तपाईंहरुसँग जे क्षमता छ, त्यो क्षमता उपयोग गरेर नेपालप्रतिको प्रेम देखाउने अहिले उपयुक्त समय हो ।’

दुई पक्षीय, बहुपक्षीय सहयोगले मात्र नेपालको विकास सम्भव छैन । संस्थागत निजी क्षेत्रको लगानीको आवश्यकता छ, मन्त्री महतले भने, ‘नेपालीको धेरै ठूलो संख्या विश्वभर फैलिएको छ । विदेशमा नेपालीको दोस्रो पुस्ता हुर्किदैछ । सिप, ज्ञान र पूँजीको हिसाबले नेपाली डायसफोराले आफ्नो अस्तित्व बनाउँदैछ ।’

अर्थमन्त्री डा महतले भने, ‘बेलायतमा नेपाली मूलका ब्रिटिस नागरिकता भएका अथवा नभएका ठूलो संख्यामा हुनुहुन्छ तपाईंहरुको पनि लगानी नेपालमा होस् । विश्वभरि छरिएर रहेका नेपालीहरुले हाइड्रो, होटललगायत अन्य क्षेत्रमा नेपालमा लगानी भइरहेको छ ।’ मध्यपूर्वका नेपालीहरुले सिकेको सिप र ल्याएको पूँजी नेपालमा उपयोग गरिरहेका छन् । उनीहरुको विशेष रुचि एग्रो विजनेशमा देखिन्छ ।

नेपालको आर्थिक विकासमा एग्रो बिजनेशको ठूलो सम्भावना रहेको मन्त्री डा. महतले बताए । कार्यक्रममा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्य, उपनियोग प्रमुख तथा प्रवक्ता रोशन खनालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, पत्रकार, बेलायती सांसद लगायत बेलायतस्थित गैरआवासीय नेपालीहरुको उपस्थिति थियो । मन्त्री डा. महतले मंगलवार लण्डनमा आयोजना हुने एक नेपालमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उनी बुधवार नेपाल फर्किदैछन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  १० : २८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी