३१ भदौ २०८३, बुधबार | September 16, 2026

बुटवलमा आतिसबाजी/पटाकाको तस्करी गर्ने एकजना पक्राउ

दीपावली नजिकिएसँगै आतिसबाजी/पटाका तस्करी बढ्यो



बुटवल । दीपावली नजिकिएसँगै भारतीय सीमानाकाहरुबाट पटाका र आतिसबाजीको तस्करी गर्नेहरु सक्रिय भएका छन् । प्रहरीले कडाई गरेको बताएपनि तिहार आउन २ साता बाँकी छँदै शहरबजारमा पटाका पड्कीन सुरु भइसकेको छ ।

शहरबजारमा पटाका पड्कीन थालेपछि प्रहरीले पनि सक्रियता बढाएको जनाएको छ । ईलाका प्रहरी कार्यालय बुटवलले ठुलो परिणाममा पटाका सहित एकजनालाई पक्राउ गरेको छ । बुटवल-६ सुन्दरनगरमा भण्डारण गरेर राखिएको ठुलो परिमाणको पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको हो ।

बुटवल ६ खयरघारी सुन्दरनगर स्थीत सुरज गुप्ताको घरमा भण्डार गरी राखेको बिभिन्न नामका र बिभिन्न आकारका ३ लाख ३७ हजार ९८१ बराबरको पटाका सहित बुटवल-५ का २१ वर्षीय सुरज गुप्तालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी दानबहादुर थापाले जानकारी दिए ।

पक्राउ परेका गुप्तामाथि थप अनुसन्धान भइरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०८०, बुधबार  ५ : १७ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०