७ चैत्र २०८२, शनिबार | March 21, 2026

जन्मथलोमा तीन करोड लगानीमा बाख्रा फार्म



गलकोट । बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुन, चन्द्र खत्री । गलकोट नगरपालिका-५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा रु तीन करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहेका छन ।

जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याएका हुन ।

“पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा केही गर्ने सोच पहिलेदेखि नै आएको थियो, तर केही गर्न सकेको थिएन, तीन वर्षअघि बाख्रापालन गर्ने सोच आयो”, खत्रीले भने, “अहिले सालो गुमानसिंह खड्काको व्यवस्थापनमा थप पाँच जना फार्ममा कार्यरत हुनुहुन्छ, मेरो मुख्य उद्देश्य गाउँमै रोजगारी सृजना गर्नु हो ।” उनका अनुसार बाख्राको आधुनिक खोरमा मात्रै रु डेढ करोड लगानी भएको छ भने खोरमा एक हजारभन्दा बढी बाख्रा खट्ने क्षमता छ ।

अहिले छ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताउँदै खत्रीले फार्म व्यवस्थापनमा मात्रै मासिक रु तीन लाख खर्च भइरहेको बताए । हाल फार्ममा दुई सय बोका, पाठा र माउ बाख्रा छन् ।

एक वर्षभित्रै जिल्लाकै ठूलो बाख्रा फार्म सञ्चालन गर्ने सोचअनुसार एक हजार बोका बाख्रा क्षमताको आधुनिक खोर निर्माण गरिएको खत्रीको भनाइ छ । खत्रीको श्रीमतीसहित छोरा बुहारीसमेत जापानमा बस्दै आएका छन । खत्रीले नमूना र प्रविधियुक्त बाख्रापालन गर्न थालेको बताउँदै बाख्रा अध्ययन केन्द्रका रुपमा फार्मलाई विकास गर्ने गरी अगाडि बढेको बताए ।

उनले भने, “किसानबाट उद्यमी बन्नका लागि आधुनिक खोर, उन्नत जातको घाँस ३० बिघा जग्गामा लगाएको छु, आफ्नै मासु पसल खोल्ने योजना छ, अहिले फार्ममा लगानी थप भइरहेको छ, पाँच वर्ष आम्दानी नगरी फार्म विस्तारमै बिताउछु ।”

कोरोनाकालमा नेपाल फर्कदा गाउँमा आफ्नै केही गर्ने लक्ष्य र बाख्रापालनको सम्भावना देखेपछि लगानी गरेको उनको भनाइ छ । फार्ममा ९० प्रतिशत बोयर र १० प्रतिशत स्थानीय जातका बाख्रा छन् ।

“गाउँमा बाँझो जग्गा बढेको थियो, अहिले बाख्रा फार्म सञ्चालन गरेपछि हरियाली बढेको छ, गाउँबाट बसाइँसराइ गर्ने क्रमसमेत रोकिएको छ, बाख्रा फार्म हेर्न आउनेले गाउँ चलायमान भइरहेको छ”, खत्रीले भने ।

तीन वर्ष पहिला ३५ वटा बाख्राबाट सुरु गरेको बाख्रापलन व्यवसायलाई अहिले दुई सयमा पु¥याइएको र आगामी वर्ष छ सय बढी बाख्रापालन गर्ने उहाँको उद्देश्य छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ८ : ४७ बजे

यसअघि छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौँ । सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

पाल्पामा टिपर दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पा । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा तीनजनाको मृत्यु

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा