२८ भदौ २०८३, आइतबार | September 13, 2026

जर्मनीमा एक व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा विमानस्थल बन्द, २७ फ्लाइट रद्द



जर्मन । जर्मनीको ह्याम्बर्ग एयरपोर्टमा एक कार सवारी चालकले हावामा गोली चलाएर सो क्षेत्रमा सनसनी मच्चाएको छ । शनिबार राती ८ बजे एक कार सवारले ब्यारियर तोडेर विमानस्थलको मैदानमा प्रवेश गरी दुई पटक हावामा गोली चलाए पछि विमानस्थलमा खैलाबैला मच्चिन पुगेको हो ।

उक्त कार सवारको कार्यका कारण ह्याम्बर्ग एयरपोर्टमा हलचल मच्चिएको थियो । यसपछि लगत्तै विमानस्थल बन्द गरियो । प्रहरीले भने कोही पनि घाइते नभएको तर विमानस्थलले तत्कालका लागि उडान र अवतरणका लागि बन्द गरेको घोषणा गर्नुसमेत परेको थियो ।  गोली हानेपछि व्यक्तिले कारबाट दुईवटा जलिरहेको बोतल फ्याँकेको प्रहरीले जानकारी दिएको छ ।

जर्मन प्रहरी प्रवक्ताले आक्रमणकारीको कारमा एक बालक पनि रहेको बताए । प्रहरीले सोसल मिडिया प्लेटफर्म एक्समा छुट्टै भन्यो कि उनीहरूले ठूलो अपरेशन गरिरहेका छन । यस अवधिमा विमानस्थल बन्द भए पछि करिब २७ उडानहरू केही समयका लागि रद्द गर्नु पर्दा पुरै प्रभावित भएका छन् ।

जर्मन समाचार एजेन्सी डीपीएका अनुसार उत्तरी जर्मन शहर ह्याम्बर्गको एयरपोर्ट यात्रुहरूका लागि बन्द गरिएको थियो र शनिबार राति उडानहरू रद्द गरिएको थियो। जर्मन संघीय प्रहरी प्रवक्ता थोमस गेर्बर्टले डीपीएलाई भने कि घटनास्थलमा आक्रमणकारीको गाडी वरपर ठूलो संख्यामा राज्य र संघीय प्रहरी अधिकारीहरू उपस्थित थिए।

जर्मन संघीय प्रहरीका प्रवक्ता थोमस गेर्बर्टले ३५ वर्षीय आक्रमणकारीकी श्रीमतीले उनको श्रीमानले आफ्नो ४ वर्षको बच्चालाई अपहरण गरेको जानकारी दिएकी थिइन् । त्यसपछि प्रहरी कारबाहीमा परे पछि विमानस्थलभित्र आक्रमण गर्ने व्यक्ति उनी नै भएको खुलासा भएको थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : १६ बजे

आज तीजको दर खाने दिन, भोली निराहार व्रत

काठमाडौं । हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ