२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

चिनियाँ राष्ट्रपति सीले भने – नेपालाई विपद्को बेलामा आवश्यक सहयोग गर्न चीन तयार छ



काठमाडौं । जाजरकोटमा गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति चिनियाँ राष्ट्रपति सी चिनफिङले स्तब्ध भएको बताएका छन् ।

राष्ट्रपति सीले नेपाली समकक्षी रामचन्द्र पौडेललाई शोक सन्देश पठाउँदै भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गरेका हुन् ।

सीले सन्देशमा – ‘नेपालको कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पबाट ठूलो मानवीय तथा भौतिक सम्पत्तिको क्षति भएको थाहा पाएर आफू स्तब्ध भएको’ बताएका छन् ।

‘चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गर्नुभयो र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो।’, नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सीको सन्देशलाई उदृद्ध गर्दै भनेका छन् ।

सीले पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रका जनताले अप्ठ्यारो पार गरी सकेसम्म चाँडो घर निर्माण गर्न सक्ने विश्वास व्यक्त गर्दै नेपाललाई आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् ।

चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि प्रधानमन्त्री प्रचण्डलाई सन्देश पठाउँदै मृतकहरुप्रति श्रद्धान्जली अर्पण गरेका छन् । उनले मृतकका परिवारहरुप्रति समवेदना प्रकट गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ४१ बजे

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार