२९ मंसिर २०८२, सोमबार | December 15, 2025

आठविसकोटमा आइपुग्यो राहत सामग्री



रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्प पीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।

आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ, त्रिपाललगायत सामग्री आइपुगेको आठबीसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ ।

नगरपालिकाबाट दाल, चामल, नून, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी भइरहको आठबीसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिए । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने छ । आजै प्रभावित क्षेत्र आठबीसकोट–११, १२, १३ र १४ वडाका भूकम्पपीडित परिवारलाई राहत सामग्री वितरण गरिने उनले जानकारी दिए । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ३ : १८ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती