२६ श्रावण २०८३, मंगलबार | August 11, 2026

भारतद्वारा १६ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण



काठमाडौं । भारत सरकारले जाजरकोट भूकम्पपीडितका लागि १६ करोड रुपैयाँ बराबरका राहत सामग्री हस्तान्तरण गरेको छ ।

जाजरकोट भूकम्पपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल सरकारलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धताअनुरुप आज १६ करोडबराबरका आपतकालीन राहत सामग्रीको पहिलो खेप नेपालगञ्ज विमानस्थलमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरिएको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय वायुसेनाको विशेष विमानले आज ढुवानी गरेका ११ टनभन्दा बढी राहत सामग्री मन्त्री खड्कालाई हस्तान्तरण गरिएको हो । आज हस्तान्तरित सामग्रीमा त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ ब्याग, पोर्टेबल भेन्टिलेटरलगायत चिकित्सा उपकरण र अत्यावश्यक औषधी छन् ।

भारत सरकारका तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती राहत सामग्री कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको उपस्थितिमा मन्त्री खड्कालाई हस्तान्तरण गरे ।

आगामी दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने दूतावासले आज साँझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । छिमेकीका नाताले नेपालमा भूकम्पबाट प्रभावित भएकालाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४४ बजे

बालेन-रविका भ्रमका पर्दा उघ्रिँदै जानु सकारात्मक पक्ष हो : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी

बुटवल र भैरहवामा आयल निगम आफैँले ग्यास वितरण सुरु गर्‍यो

बुटवल । बजारमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएपछि नेपाल

छ हजार ४०० सयले बढ्यो आज सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको

इरानी आक्रमणको भयले कसरी गरेका थिए ट्रम्पले टर्कीबाट बेलायतको गोप्य उडान ?

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट

स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार व्यक्ति पक्राउ

वीरगञ्ज  । स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित चार