२२ माघ २०८२, बिहिबार | February 5, 2026

उद्योगीहरुका समस्या सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास हुन सक्दैन : पूर्व मुख्यमन्त्री गिरी

उद्योग संघको नवनिर्वाचित पदाधिकारीको पदस्थापन सम्पन्न



बुटवल । रुपन्देही उद्योग संघको ४५ औ साधारण सभा तथा २३ औ अधिवेशनबाट निर्वाचित कार्यसमितीको आज पदस्थापन सम्पन्न भएको छ । संघको कार्यालयमा आज एक कार्यक्रमकाबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रम भएको हो ।

नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई पदस्थापन गराउँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरीले उद्योगीहरुका समस्याहरुको सम्बोधन नहुँदासम्म देशमा आर्थिक विकास र औद्योगिक बातावरण बन्न नसक्ने बताए । उनले आफु उद्योग मन्त्री र मुख्यमन्त्री बनेको समयमा उद्योगीहरुका समस्यालाई नजिकबाट नियाल्ने अवसर पाएको स्मरण गर्दै उद्योग नीति तथा ऐनहरु निर्माण गर्दा उद्योगीहरुले दिएको सुझाव समावेश गर्न सकेमा आत्मनिभर अर्थतन्त्र स्थापना गर्न सहज हुने बताए ।

लुम्बिनी प्रदेशलाई औद्योगिक हव बनाउन प्रदेश सरकार र उद्योगीहरुवीचको सम्बन्ध राम्रो हुनुपर्ने धारणा राख्दै उनले उद्योगीहरुसंग समन्वय गरेर अगाडी बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश उद्योग परिसंघका अध्यक्ष एजाज आलमले संघले सामाजिक क्षेत्रको उत्तरदायित्व अन्तरगत अगाडी बढाएको मुटु अस्पतालको स्थायित्वको लागि गम्भिर बन्न आग्रह गरे ।

बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले स्थानीय सरकार उद्योगीहरुको समस्यामा सधैं गम्भिर रहेको उल्लेख गर्दै नीजि क्षेत्रसँग स्थानीय सरकार सहकार्य गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष बाबुराम बोहोराले पछिल्ला दिनमा उद्योग व्यवसाय क्षेत्र संकटमा परेको उल्लेख गर्दै औद्योगिक मुद्दाहरुलाई राज्यले सम्बोधन गर्न नसकेको आरोप लगाए ।

नवनिर्वाचित अध्यक्ष दिलिप सापकोटाले उद्योगीहरुका समस्या समाधानका लागि आफ्नो नेतृत्वको कार्यसमितिले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्दता जनाए । उनले सबै उद्योगीका समस्या साझा समस्या भएको उल्लेख गर्दै साझा समस्या समाधानका निम्ति रुपन्देही जिल्ला र जिल्ला बाहिरका अन्य व्यवसायिक संघसंस्थाहरुसँग निरन्तर सहकार्य गरी अघि बढ्ने विश्वास दिलाए । उनले संघको संस्थागत विकास, उद्योगीका क्षमता विस्तार र सामाजिक क्रियाकलापलाई निरन्तरता दिने पनि बताए ।

उद्योग संघको असोज २९ गते सम्पन्न २३ औं अधिवेशनबाट दिलिप सापकोटाको अध्यक्षतामा संघको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यक्रममा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था कुशलतापूर्वक कायम गरी अपराध नियन्त्रण र गैर कानूनी गतिविधि रोक्न महत्वपूर्ण भूमिका खेलेको भन्दै इलाका प्रहरी कार्यालय बुटवलका इन्चार्ज प्रहरी नायव उपरीक्षक दान बहादुर थापालाई प्रशंसा पत्रले सम्मान गरिएको थियो ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ५० बजे

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका

टी-२० विश्वकप वार्मअप : क्यानडालाई ६ विकेटले हराउँदै नेपालको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी टी-२० क्रिकेट विश्वकपको वार्मअप खेलमा नेपालले लगातार