२० मंसिर २०८२, शनिबार | December 7, 2025

सियारीले आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने



भैरहवा । रुपन्देहीको सियारी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा आठ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा प्रदान गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको आइतबार बसेको कार्यपालिका बैठकले दाल, चामल, सोयाविन, डसना, बलाङकेट र २ बर्ष देखि १४ बर्ष भित्र बालबालिकालाई प्रयोग गर्न मिल्ने सुइटर लगाएतका सामाग्री पिठाउने निर्णय गरिएको पालिकाका प्रमुख प्रशाशकिय अधिकृत ऋषिराम पन्थीले जानकारी दिए ।

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषबाट ५ लाख, गाउँपालिका अध्यक्षबाट १ महिनाको तलव, कार्यपालिका तथा गाउँसभा सदस्यबाट ५ दिन र कर्मचारीबाट १ दिनको तलब बापतको रकमबाट उक्त सामाग्री खरिद गरी पठाउन लागिएको पन्थीले जानकारी दिए ।

शुत्रबार मध्य राति जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्र बिन्दु बनाएर आएको भूकम्पले ठुलो मात्रामा जनधनको क्षती पु¥याएको थियो ।

सियारी गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले बिपत्तीमा परेका आम नागरिकलाई सहयोग गर्न स्वदेश तथा बिदेशमा रहेको सबै सियारीवासी नागरिकलाई आग्रह गरेका छन ।

उनले सियारी गाउँपालिकाको प्रकोप व्यवस्थापन कोष मार्फत भुकम्प पिडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : २८ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल