५ जेष्ठ २०८१, शनिबार | May 18, 2024

१५ वर्षीया किशोरी बलात्कारपछि हत्या आरोपमा खजुराका रहिस खाँ पक्राउ



गुल्मी । गुल्मी चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा मृत भेटिएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार पछि हत्या भएको प्रहरीले जनाएको छ । बालिका मनिषालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने २३ वर्षीय रहिस खाँ रहेका छन् । बलात्कार र हत्या अभियोगमा खाँलाई पक्राउ गरिएको गुल्मीका प्रहरी प्रमुख प्रहरी उपरक्षिक नवीन किशोर प्रधानले बताए ।

कात्तिक १७ गते बिहान जिल्लाको चन्द्रकोट गाउँपालिका–४ हुग्दी खोला किनारमा १५ वर्षकी मनिषा रुचालको नग्न अवस्थामा शव भेटिएको थियो ।

खाँलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालतबाट अनुमति लिइएको एसपी प्रधानले बताए ।

१६ कात्तिकमा बागलुङको बरेङ गाउँपालिका घर भई हाल चन्द्रकोट गाउँपालिका– ४ बस्दै आएकी मनिषा खेतालालाई सुर्ती लिन खेतबाट पसलतर्फ गएर उतै बेपत्ता भएकी थिइन् । पसलबाट नफर्किएकी मनिषको १७ कात्तिकमा हुग्दी खोलामा मृत अवस्थामा शव फेला परेको थियो ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  ७ : ३४ बजे

भरतुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन

उच्च अदालत नेपालगन्ज इजलासबाट १० महिनाको अवधिमा ९८.२७ प्रतिशत मुद्दा फर्छ्योट

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले चालु आर्थिक वर्ष

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा जोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौँ ।  एपिएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२०