२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनीमा ‘कथिन चिवर दान’ उत्सव



लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनी स्थित राजकीय बुद्ध विहारमा सोमबार ‘कथिन चिवर दान’ उत्सव भएको छ । भिक्षुहरूको विनय अनुसार असार पूर्णिमादेखि आश्विन पूर्णिमासम्म तीन महिनासम्म बर्षाबास बसेका उपासक उपासिका तथा दाताबाट भिक्षुलाई नयाँ चिवर उपहार स्वरुप प्रदान गरेर कथिन चिवरदान उत्सव गरिएको हो ।

रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिकाकी मिना गुप्ता र कपिलबस्तु तौलिहवाका विजयलक्ष्मी गुप्ताले कथिन चिरवदान गरेका हुन । बौद्धभिक्षु उपसम्पन्न भएपछि तीन महिनासम्म ध्यानज्ञानमा बसेपछि समाजले हेर्षोउल्लास सहित ‘कथिन चिवरदान’ लाई उत्सवका रुपमा मनाउने गरिन्छ । शाक्यमुनि गौतमबुद्ध पनि वर्षावास बसेको अनुयायीद्वारा विश्वास गरिन्छ । बौद्धधर्ममा लाग्नका लागि सम्बन्धित नीति नियमको पालना गरी विभिन्न अभ्यास गर्नुपर्ने हुन्छ ।

चिवरदान कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले बुद्धका उपदेशहरुको पालना गर्दै लुम्बिनीमा यस्ता धार्मिक गतिविधिले समुदायलाई जोड्ने काम गरेको बताए । उनले लुम्बिनी गुरुयोजना भित्र रहेका विहारहरुको धार्मिक गतिविधिले पर्यटन प्रवद्र्धनसँगै साँस्कृतिक प्रवद्र्धन गर्ने बताए । कोषका तर्फबाट स्थानीय समुदायलाई जोड्ने गरी स्थानीयसँग लुम्बिनी भन्ने नीति लिइएको समेत कोषाध्यक्ष भट्टराईले बताए ।

राजकीय बुद्ध विहार लुम्बिनीका प्रमुख स्थविर भन्ते सागरधम्मले धर्मदेशना दिँदै ‘कथिन चिवर दान’ बौद्ध भिक्षु उपसम्पन्न गरेपछि वरिपरिको जनसमुदायले सफलताको शूभकामना दिई सँगै उत्सव मनाउने अवस्थाका रुपमा बुझ्नुपर्ने बताए । उनले यस्ता उत्सवले सबै धर्मका समुदायलाई जोड्न सक्ने बताए । दान, शिल र भावनाको विकास गराउँदै चिवरदान उत्सवले परम्परासँगै जीवन बदल्ने संस्कार समेत भएको स्थविर भन्ते सागरधम्मले बताए ।

‘कथिन चिवर दान’ उत्सवमा विभिन्न बौद्ध विहारका प्रमुख, भिक्षु भिक्षुणी, उपासक, उपासिका, लुम्बिनी विकास कोष, बौद्ध महिला र युवा समिति सहित सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा लुम्बिनी बौद्ध महिला समितिका अध्यक्ष विष्णु कुमारी बस्याल, सचिव इन्दिरा नेपाल, सल्लाहकार निरु गौतमले बोलेका थिए । उक्त अवसरमा संघदान, अष्टपरिष्कार दान, चिवरदान र कथिन चिवरदान गरिएको राजकीय बुद्ध विहार लुम्बिनीले जनाएको छ । विहान श्रीलंकन विहारबाट केन्द्रीय नहर, शान्तिदीप हुँदै राजकीय बुद्धविहारसम्म ¥याली निकालिएको थियो ।

सोही अवसरमा बुद्ध शिक्षा र बुद्धका उपदेशहरुको अभ्यास र प्रवद्र्धन गरेको भन्दै विभिन्न क्षेत्रका तीन जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा लुम्बिनी विकास कोषका लेखा प्रमुख भिम बस्नेत, बर्षाबास संयोजक माया गुरुङ, विराद गीतका सर्जक चेतराम हरिजन र पर्यटन डिभिजन कार्यालय छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८०, सोमबार  १० : ५२ बजे

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि