२८ माघ २०८२, बुधबार | February 11, 2026

राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित क्षेत्रमा जाँदै



काठमाडौं । युरोप भ्रमण स्थगित गरेका राष्ट्रपति रामचन्द्र पौडेल आज भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि निस्कने भएका छन् ।

गत शुक्रबार जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पका कारण भएको धनजनको क्षतिका बारेमा बुझनका लागि राष्ट्रपति पौडेल आज सो क्षेत्रमा जान लागेका हुन् । जसअनुसार उनी आज जाजरकोट र रूकुम पश्चिमका भुकम्प प्रभावित जनतासँग प्रत्यक्ष संवादसमेत गर्नेछन् ।

शितल निवास सचिवालयका अनुसार राष्ट्रपति पौडेल आज बिहान  १० बजे भूकम्प प्रभावित क्षेत्रका लागि प्रस्थान गर्नेछन् ।

भुकम्पको विपत्तिमा देश परेको बेला युरोप भ्रमण उपयुक्त नहुने भन्दै जनदबाब बढेपछि राष्ट्रपति पौडेलले सो भ्रमण स्थगित गरेका थिए । सो भ्रमण स्थगित भएपछि राष्ट्रपति पौडेल आज भूकम्प प्रभावित दुई जिल्लाको स्थलगत अवोलकनमा निस्कन लागेका हुन् ।

उनी फ्रान्स, इटली र जर्मनीको भ्रमणमा निस्कदैँ थिए तर अन्तिममा रोकन पुगेका हुन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ०५ बजे

सल्यानमा पिकअप जिप भीरबाट खस्दा चालकको मृत्यु, आमा-छोरीसहित तीन घाइते

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक पिकअप जिप दुर्घटना

बागलुङ-१ मा कांग्रेस, एमाले र राजमोबीच कडा प्रतिस्पर्धा हुने

गलकोट । विकास र समृद्धिको चरणमा रहेको बागलुङ क्षेत्र नम्बर

भारतमा कडा आईटी नियम : तीन घण्टाभित्रै गैरकानुनी कन्टेन्ट हटाउनुपर्ने

काठमाडौं । भारत सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई लक्षित गर्दै कडा

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने

प्रधानमन्त्री कार्कीले राष्ट्रियसभामा चलचित्र विधेयक पेस गर्ने

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेकी