७ पुस २०८२, सोमबार | December 23, 2025

भूकम्पपीडितलाई सञ्चार मन्त्रालयका कर्मचारीको दर्जा अनुसारको सहयोग



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

राजपत्राङ्कित विशिष्टरप्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्नेछन् ।

यही कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्त सम्पूर्ण निकायले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवं थप योगदान गर्न सक्षमता एवं इच्छा भएमा आर्थिक, भौतिकलगायत अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बैठकले प्रभावित क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सोको अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ०१ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत