२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

भूकम्पपीडितलाई सञ्चार मन्त्रालयका कर्मचारीको दर्जा अनुसारको सहयोग



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र मातहत निकायका कर्मचारीले भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन् ।

मन्त्रालयका सचिव कृष्णबहादुर राउत संयोजकत्वमा बसेको बैठकले जाजरकोट भूकम्पपीडितलाई सहयोग गर्ने निर्णय गरेको हो ।

राजपत्राङ्कित विशिष्टरप्रथम श्रेणी वा दश तह र सोभन्दा माथिका कर्मचारीले तीन दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणी वा छ तहदेखि नौ तहसम्मका कर्मचारीले दुई दिन र सहायकस्तरका सम्पूर्ण कर्मचारीले एक दिन बराबरको तलब सहयोग प्रदान गर्नेछन् ।

यही कात्तिक महिनाको मासिक पारिश्रमिकबाट नै कट्टा हुने गरी सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको छ । यो सहयोगका अतिरिक्त सम्पूर्ण निकायले आफूले सकेको र आफ्नो भूमिका क्षेत्रभित्र पर्ने एवं थप योगदान गर्न सक्षमता एवं इच्छा भएमा आर्थिक, भौतिकलगायत अन्य सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा महाशाखा प्रमुख, विभागका महानिर्देशक र मन्त्रालयका शाखा प्रमुख तथा निकायका प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।

बैठकले प्रभावित क्षेत्रमा सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावकारी बनाउन मातहतका निकायलाई निर्देशन दिने र सोको अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकले भूकम्पमा परी मृत्युवरण गरेकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेको शीघ्र एवं पूर्ण स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ०१ बजे

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य

नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड लाग्ने अनुमान

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी