१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमनत्रीले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे ।
नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाए ।
सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासङ्घले पहल गर्ने थप स्पष्ट पारे ।
क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्‍याउन तयार रहेको प्रतिबद्धता जनाउनुुभएको महासङ्घले जनाएको छ ।
भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : १५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले