१ पुस २०८२, मंगलबार | December 16, 2025

अबैध बाटोबाट अमेरिका छिर्न खोज्ने ९६ हजार बढी भारतीय पक्राउ



नयाँदिल्ली । अबैध रुपमा अमेरिका छिर्न खोज्ने भारतीयहरुको संख्या अत्याधिक रुपमा बृद्धी भएको छ । विगत वर्षको तुलनामा सन २०२२-२३ मा अवैध रूपमा अमेरिका र मेक्सिकोमा प्रवेश गर्ने भारतीयहरूको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको  तथ्यांक सार्बजनिक भएको हो ।

अमेरिकाको भन्सार र सीमा सुरक्षाको पछिल्लो तथ्याङ्क अनुसार अक्टोबर  २०२२ देखी सेप्टेम्बर २०२३ को बीचमा ९६ हजार ९९७ भारतीयहरू अवैध रूपमा अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् ।

अमेरिकाको सिमा सुरक्षा प्रतिवेदनका अनुसार तीमध्ये ३० हजार १० भारतीय क्यानडामा र ४ हजार ७७० भारतीय मेक्सिकोको सिमानामा पक्राउ परेका थिए भने बाँकी अन्य ठाउँबाट पक्राउ परेका छन् ।

अमेरिकी एजेन्सीहरूले यो तथ्याङ्क यस्तो समयमा सार्वजनिक गरेका हुन्, जब गुजरात प्रहरीले गैरकानूनी माध्यमबाट अमेरिका प्रवेश गर्नेहरूमाथि अनुसन्धान गरिरहेको छ । यसबाहेक अमेरिका जाने क्रममा बेपत्ता भएका ९ भारतीयको मुद्दा पनि उच्च अदालतमा विचाराधीन रहेको छ ।

पछिल्लो समय विदेशमा बस्ने क्रेज लगातार बढ्दै गएको छ । धेरै भारतीयहरू राम्रो जीवनको खोजीमा त्यहाँ बस्न चाहन्छन् । तर, यसका लागि कतिपय वैधानिक साधनको सहारा लिन्छन् भने कतिपयले अवैध रूपमा त्यहाँ बसोबास गर्ने प्रयास गर्ने गरेको अमेरिकास्थित करन सिंहले बताए ।

टाइम्स अफ इन्डियाका समाचार अनुसार २०१९–२० मा अवैध रूपमा अमेरिकी सीमामा प्रवेश गर्ने भारतीयहरूको संख्या १९,८८३ थियो, अहिले जुन पाँच गुणा बढेर २०२१ मा ३०,६६२, २०२२–२०२३ मा ९६,९१७ पुगेको छ । यस्तो अवस्थामा प्रहरीले समाउन नसकेका तथा अमेरिका प्रवेश गर्न सफल भएका भारतीयलाई पनि समावेश गर्ने हो भने उनीहरुको कुल संख्या अझ बढी हुन सक्छ ।

अहिलेसम्म धेरैजसो भारतीयहरू मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गर्ने गरेका थिए तर यूसीबीपीले सार्वजनिक गरेको तथ्यांकले उनीहरूले अमेरिका प्रवेशका लागि अन्य बाटो पनि अपनाएको देखाएको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ८ : ४८ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष