२ पुस २०८२, बुधबार | December 18, 2025

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षामा कडाइ



चितवन । चितवन राष्ट्रिय निकुञ्जले चाडपर्वका समयमा चोरीसिकोरी हुनसक्ने जनाउँदै सुरक्षा व्यवस्थामा कडा गरेको छ । चाडपर्वका समयमा सुरक्षा व्यवस्थामा कडाइ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

यसका लागि निकुञ्जमा डुङ्गा गस्तीको सङ्ख्या थप गरिएको छ । तत्काल परिचालन हुनका लागि विशेष टोली तयारी अवस्थामा राखिएको उनले बताए । निकुञ्जको ६७ सुरक्षा पोष्टमा नेपाली सेना, निकुञ्ज कर्मचारी तथा अन्य सुरक्षा संयन्त्रले काम गरिराखेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

“त्यसैगरी हात्तीमा गस्ती, घुमुवा गस्तीसहितको व्यवस्था मिलाएका छौँ” उनले भने, “कार्यालयमा अन्य कर्मचारी पनि आलोपालो गरी बिदामा जाने गरी व्यवस्था मिलाईएको छ ।”निकुञ्जमा पैदल, साइकल, जीप, हात्ती, डङ्गा लगायतबाट नियमित गस्ती गर्ने गरिन्छ । यसका अतिरिक्त रात बिताउने गरी संवेदनशील ठाउँमा गस्ती गर्ने गरिएको छ । यसलाई ‘एम्बुस’ नाम दिएर परिचालन गरिएको छ । निकुञ्जभित्र मानिसको चहलपहल धेरै हुने ठाउँमा लुकाएर क्यामरा राख्ने गरिएको छ ।

निकुञ्जका ठाउँठाउँमा सिसी क्यामरा र स्पाई क्यामरा राखिएको छ । निकुञ्जमा विश्वमा नै दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, नीलगाई, घडियाल गोही, हात्तीलगायतका जनावर रहेका छन् । पछिल्ला दिनमा जङ्गली ध्रुवे हात्तीले माडी र भरतपुरका राप्ती नदी किनारका बस्तीमा दुःख दिन थालेपछि दुर्घटना नहोस् भन्नका लागि सजगता अपनाइको उनले जानकारी दिए ।

निकुञ्ज र नेपाली सेनाका गाडीले हात्तीलाई निगरानी राखिएको छ भने उपभोक्ताले मध्यवर्ती क्षेत्रमा ट्याक्टरमार्फत् निगरानी गरिरहेका छन् । जसका कारण निकुञ्ज सुरक्षामा समेत सहयोग पुगेको छ । वर्षात र चाडपर्वको समयमा तस्कर सक्रिय हुनसक्ने भएकाले विशेष निगरानी गरिएको हो । -रासस

प्रकाशित मिति : २२ कार्तिक २०८०, बुधबार  ४ : ५१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल