१२ जेष्ठ २०८३, मंगलबार | May 26, 2026

चलचित्र ‘दिमाग खराब’को गीत ‘हजुरी’ सार्वजनिक



काठमाडौं । चलचित्र ‘दिमाग खराब’ले आफनो नयाँ गीत रिलिज गरेको छ । बुधबार सिनेमाले ‘हजुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीत जयन जे वाइवाको शब्दरचना तथा संगीत छ ।

गीतमा स्वर जयन र मीना निरौलाको छ । गीतको भिडियोमा सिनेमाका प्रमुख कालाकार खगेन्द्र लामिछाने र स्वस्तिमा खड्का मुख्य रुपमा फिचर भएका छन् । दयाहाङ राईलगायत कलाकारलाई पनि भिडियोमा देख्न सकिन्छ ।

निश्चल बस्नेतले निर्देशन गरेको चलचित्र यही शुक्रबारबाट रिलिज हुँदै छ । चलचित्रमा सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलियालगायत कलाकारको अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एउटा गीतमा विशेष भूमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको चलचित्र राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ८ : ०५ बजे

मुख्य न्यायाधिवक्ताहरूको राष्ट्रिय सम्मेलन धनगढीमा सुरु

सुदूरपश्चिम । ‘समन्वय, सहकार्य र कानुनको प्रभावकारी कार्यान्वयन–सबल मुख्य न्यायधिवक्ता,

नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

जनताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले नेपाली नागरिकको दैनिक जीवनस्तरमा

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको जारी बैठक विपक्षी दलहरूको अवरोधका बीच १५

प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग जायज : सभामुख

काठमाडौं । सभामुख डीपी अर्यालले प्रधानमन्त्री संसद्मा उपस्थित हुनुपर्ने माग