१७ माघ २०८२, शनिबार | January 31, 2026

सञ्चारजगत निस्वार्थभावले राष्ट्रसेवामा लाग्नुपर्ने



काठमाडौं । सुरक्षा तथा प्रतिरक्षा विषयमा कलम चलाउने सञ्चारकर्मीलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, जिम्मेवारी र भूमिकालगायत विषयमा जानकारी गराउने उद्देश्यले सञ्चालित रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम आज सम्पन्न भएको छ ।

सैनिक मुख्यालयमा पाँच दिनसम्म सञ्चालित अभिमुखीकरणमा सहभागी सञ्चारकर्मीलाई सेनाका विभिन्न निकायको काम, कर्तव्य र जिम्मेवारीका बारेमा जानकारी गराइएको थियो । सहभागीलाई नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौँ–तराई÷मधेस द्रुतमार्ग सडक आयोजना र शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको स्थलगत भ्रमण गराइएको थियो ।

बलाध्यक्ष रथी सीताराम खड्काले कार्यक्रममा सहभागी सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरेका थिए । समापन समारोहमा बोल्दै उनले यस किसिमको अन्तक्र्रियात्मक कार्यक्रमबाट नेपाली सेनाले अङ्गीकार गर्दै आएको राष्ट्रिय सुरक्षा, जनहितको रक्षा, विकास निर्माण, प्रकृति संरक्षण, विश्व शान्ति प्रवर्द्धनलगायत जिम्मेवारीको यथार्थपरक सूचना सम्प्रेषण गर्न सघाउन पुग्ने विश्वास व्यक्त गरे । उनले संवेदनशील विषयमा खबर सम्प्रेषण गर्दा गम्भीर हुनुपर्नेमा जोड दिँदै निःस्वार्थभावले राष्ट्रसेवामा आफूलाई समर्पण गर्नु अनौपचारिक रुपमा राज्यको चौथो अङ्ग मानिएको सञ्चार जगत्को दायित्व भएको बताए ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ९ : ५८ बजे

डिजल र मट्टितेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको

राष्ट्रपति पौडेल आइतबारदेखि जापानको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारदेखि यही माघ २१ गतेसम्म

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले