२० मंसिर २०८२, शनिबार | December 6, 2025

भैरहवाको एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला फेला



बुटवल । दीपावली नजिकिँदै जाँदा रुपन्देहीको भैरहवा स्थित एक कोल्ड स्टोरमा ठुलो परिमाणमा फूलको माला भण्डारण गरेर राखेको अवस्थामा फेला परेको छ । भारतबाट भन्सार छली भित्राइएको अनुमान गरिएको करोड बढी मूल्य पर्ने फूलको माला भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा फेला परेको प्रहरी स्रोतले दाबी गरेको छ ।

भारतबाट भन्सार छलेर नेपाल भित्राईएको १ करोड बढी मुल्य पर्ने माला गत रातीदेखि सो कोल्ड स्टोरमा राखिएको स्रोतको दाबी छ । स्वदेशी किसानबाट उत्पादित फूल र फूलजन्य पदार्थलाई प्रवर्द्धन गर्ने सरकारले घोषणा गरिरहँदा रुपन्देहीमा सीमा क्षेत्रहुदै ठूलो परिणाममा अवैध फूल र फूलका माला नेपाल भित्रिएको हो ।

कोल्ड स्टोरमा फूलको माला फेला परेको रुपन्देही प्रहरीले स्वीकार गरेपनि फेला परेको फूलमाला बैध हो वा अबैध भन्ने खुलाएको छैन । फूलका अबैध आयातकर्ताहरुले रातारात नेपाली फूल खेती गर्ने किसानबाट नक्कली बिल बनाउने प्रयास गरिरहेको स्रोतले बताएको छ । कोल्ड स्टोरमा करोड बढीको माला भण्डारण गरिएको बताइएपनि मालाको संख्या भने प्रहरीले खुलाएको छैन ।

रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले फूलको माला कोल्ड स्टोरमा फेला परेको पुष्टि गर्दै फेला परेको मालाको बैधानिकताको जाँच भइरहेको बताए । ‘बैध हो वा अबैध कागजपत्र हेरेपछि मात्र थाहा होला, अहिल्यै भन्न सकिन्न ।’ उनले भने ।

मालाको सप्लायर्सलाई बचाउन प्रदेश सरकारकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको स्रोतको भनाई छ । लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।

 

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहिबार  ११ : २५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय