२० असार २०८३, शनिबार | July 4, 2026

भैरहवामा बरामद करोड बढीको फूलको मालाको प्रहरीबाट अनुसन्धान सुरु



बुटवल । भैरहवाको सिद्धार्थ कोल्ड स्टोरमा बरामद भएको फूलको मालाको रुपन्देही प्रहरीले छानवीन सुरु गरेको छ । ठूलो परिमाणमा फेला परेको मालाको स्वामित्व लिन आह्वान गरे अनुसार मालाको स्वामित्व लिन केही ब्यक्तिहरु आउने क्रम सुरु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रमाण सहित माला दाबी गर्न बोलाएको जनाउँदै प्रमाण नपुगेका माला जफत गरिने रुपन्देही प्रहरी प्रवक्ता मनोहर भट्टले बताए । कोल्ड स्टोरमा १ लाख पिस माला भण्डारण गरिएको स्रोतको दाबी छ । करोड बढीको फूलको माला बुधबार राती भन्सार छलेर नेपाल भित्राइएको र त्यती नै परिमाणको माला नेपाल भित्राउन सिमापारि तयारी अवस्थामा राखिएको स्रोतले जनाएको छ ।

माला भण्डारण गरिएको क्षेत्रलाई प्रहरीले शील गरेको छ । माला बरामद नगर्न लुम्बिनी प्रदेशकै एक मन्त्रीले प्रहरीलाई दवाव दिएको जनाउँदै सो मालामा मन्त्रीको समेत लगानी हुन सक्ने स्रोतको भनाई छ । स्रोतका अनुसार मालाका तस्करहरुले रातारात नेपालका नर्सरीहरुबाट माला खरिद गरेको बिल बनाएका छन् । बिल उपलब्ध गराउनेमा रुपन्देहीकै केही नर्सरी र फूल ब्यवसायीको संलग्नता रहेको बताइएको छ ।

राज्यले नेपाली किसानहरुले उत्पादन गरेको फूलमालालाई प्रोत्साहन गर्न प्लास्टिकको मालामा प्रतिबन्ध र माला आयातमा कडाई गरेको बताएपनि अबैध बाटोबाट त्यस्ता कार्यहरु भइरहेका छन् । नेपाली किसानले उत्पादन गर्दा लागेको लागत भन्दा चोरी पैठारी गरेको माला सस्तोमा बिक्रि गरिएपछि नेपाली फूल किसानको लगानी डुब्ने अवस्था देखिएको छ ।

लक्ष्मीदास मानन्धरको नाममा रहेको सो कोल्डस्टोरमा कस्ले माला भण्डारण गरेको हो भन्ने विषय प्रहरीले खुलाएको छैन ।

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : ४६ बजे

घानालाई १-० गोलले पराजित गर्दै कोलम्बिया अन्तिम १६ मा

काठमाडौं । कोलम्बियाले घानामाथि १-० को कठिन जित निकाल्दै फिफा

प्रचण्ड र माधव नेपाल आज बुटवल आउँदै, प्रदेशस्तरीय प्रशिक्षणलाई सम्बोधन गर्ने

बुटवल । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

विश्वकपमा मेसीको अर्को इतिहास, लगातार आठ खेलमा गोल गर्ने पहिलो खेलाडी

काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले फिफा विश्वकप इतिहासमा अर्को

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु । नारायणघाट-बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सडकको

फरार दुई प्रतिवादी पक्राउ

कञ्चनपुर । कञ्चनपुर प्रहरीले विभिन्न मुद्दामा फरार रहेका दुई जना