१५ बैशाख २०८१, शनिबार | April 28, 2024

बजारभरी भारतीय बिना भन्सारको माला भित्रिएपछि नेपाली किसान सडकमा फूल फालेर घर फर्किए



बुटवल । प्रहरी प्रशासन र प्रदेश सरकारका उच्च पदका ब्यक्तिहरुको संरक्षणमा भारतको करोड बराबरको फूलमाला नक्कली बिलको भरमा बजारमा पुगेपछि स्थानीय किसानले उत्पादन गरेको फूलकोमाला नबिकेर बुटवलको सडकमा मिल्काएर घर फर्केका छन् । बजारमा बिना भन्सारको फूलमाला सस्तो मुल्यमा बेचिएपछि लागतपनि नउठ्दा किसानले फूल सडकमा फालेर घर फर्केका हुन् ।

तिहारको ३ दिन अघि भैरहवा स्थित सिद्धार्थ कोल्ड स्टोरमा बरामद करोड आसपासको फूल र फूलमाला रातारात अन्जान कृषी फर्म र नर्सरीको नक्कली बिलका आधारमा बजारमा पसेपछि नेपाली किसानको फूल र माला बेच्न नसकेर फाल्न बाध्य बनेका हुन् ।

बिना बिल र बिना भन्सार कोल्ड स्टोरमा भण्डारण गरिएको फूलको मालाका तस्करहरुलाई प्रशासनले ३ दिन सम्ममा बिल पेश गर्ने मौका दिएपछि उनीहरुले नेपालका दुरदराजमा कागजीरुपमा दर्ता भएका नर्सरी र एग्रो फर्मका बिल जुटाएर फूलमाला छुटाउन सफल भएका थिए ।

गत साताको विहिबार राती भैरहवाका ब्यवसायी लक्ष्मीदास मानन्धरको कोल्डस्टोरबाट रुपन्देही प्रहरीले करोड हाराहारीको झण्डै १ लाख पीस सयपत्री फूल र माला बरामद गरेको थियो । बरामद भएको माला मध्य ८० हजार पीस माला नक्कली बिलको भरमा छुटेको स्रोतले दाबी गरेको छ ।

यता बजारमा भारतीय माला सस्तो मूल्यमा धमाधम बिक्री वितरण हुन थालेपछि तिहारको २ दिन अघि सम्म उत्साहित नेपाली फूल उत्पादकहरुको ब्यापारमा एकाएक ब्रेक लागेको थियो । बरामद भएको फूलमाला भारतीय ब्यापारी दुर्गेश चौरसीया र तिलोत्तमाका एक नर्सरी संचालकको भएको स्रोतले दाबी गरेको थियो । ४० हजार पीस दुर्गेशको र २० हजार ती कृषक तथा अन्य क्यारिङ गर्नेहरुले कोल्ड स्टोरमा भण्डारण गरेको स्रोतको दाबी थियो ।

फूल खेतीमा उत्साहित बनेर अन्य बाली नष्ट गर्दै फूल खेती गरेका किसानलाई राज्यको असहयोगका कारण सिमावर्ती बजारका अधिकांस किसान मर्कामा परेको तिलोत्तमाका एक किसानले बताए ।

फोटो सौजन्य : सुमन अधिकारी

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ४ : ३१ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म