२७ श्रावण २०८३, बुधबार | August 12, 2026

काठमाडौंमा मध्यराती १ बजे सम्म देउसीभैलो खेल्न पाइने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले शुक्रबार सामाजिक सञ्जालमार्फत  जानकारी गराएका छन् ।

महानगर प्रहरीले राति १ बजेसम्म सुरक्षाका निम्ति ‘पेट्रोलिङ’को व्यवस्था मिलाएको जानकारी दिँदै उनले आवश्यक सुरक्षाका लागि प्रहरी र जिल्ला प्रशासन कार्यालयसँग पनि आग्रह पनि गरेको बताए ।

‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौं महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो,” मेयर बालेनले फेसबुकमा लेखेका छन्, “यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले राति १ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ । सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ ।’

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  १२ : ४८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको