२३ श्रावण २०८३, शनिबार | August 9, 2026

देउसी भैलोमा तामाङ सेलो, नेवारी र साकेला नाच



गलकोट । बागलुङमा तिहारको अवसरमा देउसी भैलोको रौनकता छ । तिहारमा खेलिने देउसी भैलोका गीत गाउँ-गाउँमा गुन्जिरहेका छन् । बागलुङ बजारका चोक-चोकमा देउसी भैलोका गीत गुन्जिरहेका छन् ।

पछिल्लो समय देउसी भैलोमा पश्चिमा संस्कृति भित्रिएसँगै देउसी भैलोको मौलिकता हराउँदै गएको गुनासो बढिरहेको छ । रेडर्क गरिएका आधुनिक गीतले देउसी भैलोको मौलिकता र संस्कृति मासिदै गएको सन्दर्भमा यहाँको एक पुरानो सामुदायिक विद्यालयले सञ्चालन गरेको देउसी भैलो कार्यक्रमले भने नेपालको हिमाल, पहाड र तराईसम्मको संस्कृति झल्काएको छ ।

बागलुङ बजारस्थित विद्यामन्दिर माध्यमिक विद्यालयले नेपालका जातजाति र भाषा संस्कृतिलाई समेटेर भैलो देखाउन थालेको छ । विपन्न विद्यार्थीलाई कापी, कलम र खाजाको जोहो गर्नका लागि विद्यार्थी कल्याण कोष स्थापना गर्ने उद्देश्यले सञ्चालन गरिएको देउसी भैलो कार्यक्रममा सबै भाषा, धर्म र संस्कृतिलाई समेटिएका नाचगान प्रस्तुत गरिएको छ ।

देउसी भैलोमा तामाङ सेलो, थारू नाच, नेवारी नाच र साकेला नाचदेखि यानिमाया र सालैजो उनीहरूकै वेशभूषामा सजिएर नितृ देखाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले बताए ।

“कला संस्कृतिको संरक्षण र विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री र खाजा खर्च जुटाउन कार्यक्रम आयोजना गरेका हौँ”, उनले भने, “पहाडको तामाङ संस्कृति, तराईको थारू र पहाडको आदिवासी जनजाति र नेवारी संस्कृतिलाई देउसी भैलोमा देखाउन थालिएको छ ।”

विसं १९९७ मा स्थापना गरिएको धवलागिरिकै जेठो विद्यालय विद्यामन्दिरमा अध्ययनरत गरिब, मजदुर तथा श्रमिकका बालबालिकालाई शिक्षा दिन, असहाय बालबालिकाको कल्याणको लागि स्थायी कोष सञ्चालन गर्न र विद्यालयलाई शैक्षिक हब बनाउन देउसी भैलो कार्यक्रम सञ्चालन गरिएको प्रधानाध्यापक छविरमण शर्माले जानकारी दिए । विद्यालयमा हाल एक हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

नौमती बाजा संरक्षण गर्दै नगरपालिका

पछिल्लो समय युवापुस्ताको पलायनका कारण लोप हुने अवस्थामा पुगेको नौमती बाजा बागलुङमा संरक्षण गर्न थालिएको छ । सिगानास्थित लामिचौरको दलित बस्तीमा नौमती बाजा संरक्षणका लागि बागलुङ नगरपालिकाले चासो दिएको हो । नौमती बाजा संरक्षणका लागि सिगानाको नौमती बाजा समूहलाई बाजाका सामग्री सहयोग गरेको छ ।

बागलुङ-८ सिगाना लामीचौरमा रहेको दलित समुदायभित्र रहेको नौमती बाजा संरक्षण गर्नका लागि उक्त बाजा सहयोग गरिएको हो । पुस्ता हस्तान्तरण अभावमा नौमती बाजा लोप हुन थालेपछि बागलुङ नगरपालिकाले नगरस्तरीय रु तीन लाख बजेटमार्फत दुई समूहलाई नौमती बाजा खरिद गरी वितरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए ।

बाजा प्राप्त गर्दा संरक्षण र आयआर्जन दुवैमा फाइदा पुग्ने नौमती बाजा वितरण समितिका अध्यक्ष जब्बरबहादुर नेपालीले बताए । उनका अनुसार दलित समुदायभित्र दुई समूहले नौमती बाजा बजाउने गर्दछन् । नौमती बाजा संरक्षण हुन नसक्दा आयआर्जनमा समस्या हुन थालेकाले नगरपालिका संस्थागतरूपमै नौमती बाजा संरक्षणमा जुटेको बागलुङ-८ सिगानाका वडाध्यक्ष राजु कार्कीले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ७ : ४७ बजे

अमेरिका र इजरायल ‘खाडी राष्ट्रहरूलाई इरानविरुद्ध लगाउन’ खोजिरहेका छन् : राष्ट्रपति पेजेस्कियान

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले इजरायल र संयुक्त राज्य

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली । कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल

अर्घाखाँची । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आगामी दिनमा सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक

काँकरभिट्टा नाकाबाट व्यापार घाटा ४० प्रतिशतले बढ्यो

झापा । पूर्वी नाका काँकरभिट्टाबाट हुने वैदेशिक व्यापारमा आयातसँगै व्यापार

बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रमगरी जेसीज सप्ताह-२०२६ मनाउँदै

बुटवल । बुटवल लेडीज जेसीजले विभिन्न सप्ताहव्यापी कार्यक्रम आयोजना गरी