१३ पुस २०८२, आइतबार | December 29, 2025

देशको समृद्धिका लागि वामपन्थी दलबीच एकता हुनुपर्छ : झलनाथ खनाल



ललितपुर। पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले देशको समृद्धि र राजनीतिक स्थिरताका लागि वामपन्थी दलहरुबीचको एकता अपरिहार्य रहेको बताएका छन्।

शुक्रवार पत्रकार अमृतनाथ तिमल्सिनाले खेलेको समृद्धि सरोकार नामक पुस्तकको बिमोचन गर्दै नेता खनालले ललितपुर जिल्लाका वामपन्थी नेताहरुलाई साक्षी राखेर एकताको कुरा गरेको भन्दै उनले ललितपुरबाटै यसको पहलकदमी हुन जरुरी रहेको बताए।

उनले पुस्तकका लेखकले विधि, विकासको अभ्यास र प्रणालीका बारेमा चिरफार गरेको भन्दै समृद्धि यात्रामा लेखकले सुझाएका विषय महत्वपूर्ण भएको समेत बताए।

पुस्तक विमोचन समारोहमा बोल्दै नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले तिमल्सिनाले लेखेको पुस्तकमा समृद्धिका सम्भावना र चुनौतीका विषयमा समेत चिरफार गरिएको भन्दै यसले राजनीतिक दलहरुलाई समेत योजना बनाउन र कार्यान्वयन गर्न सहज पार्ने बताइन्।

नेकपा एमालेकी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुनिता बरालले पुस्तकमा शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, पर्यटनजस्ता क्षेत्रको विकासमा नीति निर्मातालाई बाटो देखाएको भन्दै युवापुस्ताले देश विकासका विषयमा चिन्ता राख्नुपर्ने धारणा राखिन्।

वरिष्ठ बामपन्थी नेता माधव पौडेलले तिमल्सिनाले लेखेको पुस्तकले विकासका आयामलाई व्याख्या मात्र गरेको नभइ समृद्धिका लागि मार्गदर्शन पनि गरेको भन्दै लेखकलाई धन्यवाद दिए।

पत्रकार तिमल्सिनाले विभिन्न पत्रपत्रिकामा प्रकाशित र नयाँ बिचारसमेत समेटेर समृद्धि सरोकार नामक पुस्तक प्रकाशन गरेका हुन्। ग्रामिण पत्रकारितामा चासो राख्ने लेखक तिमल्सिनाको यो सातौँ पुस्तक हो।

 

प्रकाशित मिति : २४ कार्तिक २०८०, शुक्रबार  ९ : २१ बजे

निर्वाचन आचारसंहिता २०८२ स्वीकृत, माघको पहिलो साताबाट कार्यान्वयनमा आउने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ लाई स्वीकृत गरेको

जसपा र लोसपाबीच पार्टी एकताको समझदारी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी

एमाले सचिवालय बैठक : समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न फागुन २१

जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जाडोमा आगो ताप्दा, हिटर

बिरामी भएर बिस्तरामा दिसापिसाव गरेको भन्दै भाई र बहिनीले गरे दाईको कुटीकुटी हत्या

बुटवल । बिरामी भएर बिस्तरामै दिसापिसाव गरेको भन्दै भाई र