३ माघ २०८१, बिहिबार | January 16, 2025

बिआरआईबाट देशको हितमा छ : सम्मानित नेता खनाल



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले विश्वव्यापी रूपमा भौतिक पूर्वाधार निर्माण गर्ने बृहत् चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मुलुकको हितमा रहेको बताएका छन् ।

चीनको साताव्यापी भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्केपछि उनले राष्ट्रको भौतिक विकासका लागि बिआरआई परियोजना सहयोगी हुने टिप्पणी गरे । परियोजना कार्यान्वयनमा अब विलम्ब गर्ननहुनेमा उनको जोड थियो । चिनियाँ पक्षले पनि परियोजनाबारे नेपालको अवधारणा तथा ढिलाइलाई लिएर आफूसँग जिज्ञासा राखेको जानकारी दिए ।

एक साता लामो चिन भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै चीनबाट नेपालमा सडक माध्यमबाट सामान ल्याउँदा धेरै कष्ट बेहोर्नुपरेकाले यस विषयमा सरकारले चीनसँग आवश्यक छलफल अघि बढाउनुपर्नेमा जोड दिए।

चाइना इन्स्टिच्युट फर इनोभेसन एण्ड डेभलपमेन्ट स्ट्राटेजी, चाइनिज पिपल्स इन्स्टिच्युट अफ फरेन अफेयर्स र ग्वाङ्झाउ प्रान्तीय जनसरकारको संयुक्त आयोजनामा ग्वाङ्झाउमा आयोजित अन्डरस्ट्यान्डिङ चाइना कन्फरेन्समा सहभागी भएर नेता खनाल स्वदेश फिर्ता भएका हुन् ।

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार  ७ : १३ बजे

बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड

मुग्लिन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

मर्चवार लिफ्ट सिँचाइ आयोजनाको क्षेत्र घट्दै

लुम्बिनी । मर्चवार लिफ्ट सिँचाइ आयोजनाको सेवा क्षेत्र आधाभन्दा बढीले

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणको निन्दा

काठमाडौं । डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता

हुम्लामा बाक्लो हिमपात

हुम्ला । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात सुरु भएको छ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्दार, ७८ शव निकालियो

जोहानेसवर्ग। दक्षिण अफ्रिकाको एक अबैध सुन खानीबाट तीन दिनको उद्धार