१७ असार २०८३, बुधबार | July 2, 2026

तामनगर ब्याडमिन्टन क्लबको आयोजना प्रथम जनमैत्री वडा कप सम्पन्न



बुटवल । तामनगर ब्याडमिन्टन क्लब बुटवल–१२ को आयोजनामा शनिबार सम्पन्न प्रथम जनमैत्री वडा कपको उपाधी भेट्रान्स डबलतर्फ शुभासचन्द्र कर्मचार्य र पूर्णबहादुर छन्त्यालको समूह तथा खुल्लातर्फ प्रेम थापा र रामजी न्यौपानेको समूहले हात पारेको छ । चारपाला भुपु सैनिकको मैदानमा सम्पन्न फाइनल खेलमा कर्मचार्य र छन्त्यालको समूहले भरत पुन र चुरामणी रानाको समूहलाई पछि पार्दै भेट्रान्स तर्फको उपाधि चुम्न सफल भएको हो ।

उपाधिसँगै उनीहरुले नगद ८ हजार पुरस्कार राशी, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी उपविजेता बनेका पुन र रानाको समूले ६ हजार नगद राशीसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा तेस्रो हुने मधु पुलामी र भिमलाल थापाको समूह तथा पहल सिंह काउचा र टिका सारुको समूहले ५ हजार नगद राशी प्राप्त गरेका छन् । खुलातर्फको प्रतिस्पर्धामा प्रेम थापा र रामजी न्यौपानेको समूहले उपाधिसँगै नगद ८ हजार सहित कम, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । उपविजेता बनेको मनसुन थापा र बिकास रानाको समूहले नगद राशी ६ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो हुने प्रसाद गुरुङ र किशोर श्रेष्ठ तथा केशव न्यौपाने र मदन सुवेदीको समूहले नगद ५ हजार पुरस्कार राशी प्राप्त गरेका छन् ।

बुटवल उपमहानगरापलिका वडा नम्बर १२ भित्रका खेलाडीहरु बीच भएको प्रतिस्पर्धामा भेट्रान्सतर्फ १० तथा खुलातर्फ १२ समूह गरी कूल २२ समूहले प्रतिस्पर्धा गरेको खेल संयोजक बुद्ध गहतराजले जानकारी दिए । बुटवल–१२ वडा कार्यालयको आर्थिक सहयोगमा आयोजना गरिएको प्रतियोगितामा सहभागीहरुबाट प्रति समूह एक हजार प्रवेश शुल्क लिइएको संयोजक गहतराजले जानकारी दिए । प्रतियोगिताको उद्घाटन तथा विजेताहरुलाई पुरस्कार वितरण गर्दै बुटवल–१२ का अध्यक्ष डिल्लीप्रसाद अचार्यले प्रतियोगितालाई आगमी वर्षहरुमा पनि निरन्तरताका लागि आर्थिक सयहोग जारी रहने प्रतिवद्धता जनाए ।

२०७२ सालमा स्थापना भएको तामनगर ब्याटमिन्टन क्लबले कभर्डहलको अभावमा ब्याटमिन्टन इन्डोर गेम भएपनि खुला आकाशमा खेलाउनु परेको बताउँदै उनले अब छिट्टै हल निर्माणको प्रक्रिया अघि बढ्ने जनाए । हल निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया पूरा भइसकेको बताउँदै उनले यस वर्षको बजेटबाट डिपिआर निर्माण गरी आगामी वर्ष निर्माण प्रक्रियामा जाने उल्लेख गरे ।

प्रतियोगिताको अवसरमा बोल्दै क्लबका अध्यक्ष सुवास कर्मचार्यले कभर्ड हलको अभावमा क्लबले प्रतिभावान खेलाडीहरु उत्पादन गरे पनि राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागी गराउन अभ्यास गराउँदा समस्या पर्ने गरेको गुनासो गरे । ५९ जना सदस्य रहेको क्लबमा सदस्यहरुबाट वार्षिक रुपमा शुल्क उठाएर खेल गतिवधि सञ्चालन गर्नुपरेको उनले गुनासो गरे । आफ्नै कभर्डहल नहुँदा अरुको मैदानमा शुल्क तिर त्यो पनि खुला आकाशमा खेल्नुपर्ने बाध्यता रहेको गुनासो गरे ।

शनिबार सम्पन्न प्रतियोगितामा मुख्य अम्पायरको रुपमा चन्द्रलाल अमात्यले भूमिका निर्वाह गरेका थिए भने केशव कुंवर लगायतका अन्य अम्पायरको पनि सहयोग रहेको क्लबका सचिव केशव तिवारीले जानकारी दिए । कार्यक्रममा वडा सदस्य विष्णु थापा, क्लबका सल्लाहकार मधु पुलामी, निवर्तमान अध्यक्ष बालकृष्ण पौडेल, क्लबका कोषाध्यक्ष रामु सुवेदी लगायतले बोल्दै आगामी वर्षमा प्रतियोगितालाई थप भव्य बनाइने उल्लेख गरे ।

प्रकाशित मिति : २५ कार्तिक २०८०, शनिबार  ८ : ४३ बजे

अठार वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने नीति नभएको रास्वपाको स्पष्टोक्ति

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम राष्ट्रिय महाधिवेशनमा

ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ गर्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ग्राहक सन्तुष्टि सर्वेक्षण २०८३ सुरु

पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

दाङ । दाङको घोराहीमा सिँचाइका लागि बनाइएको ड्याममा पौडी खेल्ने

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । लक्षित वर्ग निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन)