२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

कोशी प्रदेशले स साना टुक्रे योजना ल्याउँदैन : मुख्यमन्त्री कार्की



मोरङ । मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशले रु २५ लाखभन्दा कमका विकास आयोजना नल्याउने जानकारी दिएका छन । मोरङको पथरी शनिश्चरे-४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शनिबार शिलान्यास गर्दै उनले प्रदेश सरकारले ठूला विकासका आयोजनामा मात्र ध्यान दिने छ भने । उनले भने “कम वजेटका आयोजना स्थानीय सरकार र ठूला आयोजना प्रदेश सरकारबाट सञ्चालनहुँदा छिटो आर्थिक समृद्धि हुन्छ । सङ्घबाट आएको टुक्रे योजनाका बजेट दुरुपयोग हुने गरेको छ । ”

समाजका लागि निःस्वार्थ उपलब्धिमूलक काम गरी परिणाम देखाउने काम गर्न मुख्यमन्त्री कार्कीले आग्रह गरेका छन । प्रदेश सरकार भौतिक विकाससँगसँगै मानवीय विकासको लक्ष्यमा लागेको जनाउँदै यस कार्यमा साथ दिन जनतासँग आग्रह गरेका छन ।

कार्यक्रममा पथरी शनिश्चरे नगरप्रमुख मोहनप्रसाद तुम्वापोले मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडकखण्डले अझै पूर्णता नपाएको जानकारी गराए । उनले भने “योजना अलपत्र भएका कारण जनताले सास्ती खेप्नुपरेको छ । जनताको स्वास्थ्यमा समस्या उत्पन्न गराएको छ । सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनुपरेको छ ”

नगरप्रमुखले भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडक निर्माणमा पनि चासो राखिदिन अनुरोध गरे ।

कार्यक्रममा मोरङ क्षेत्र ३ ९१०का प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, प्रदेश सरकारका सहरी तथा भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर अजय श्रेष्ठसमेतको उपस्थिति थियो । गणेश अम्बिका प्रतिष्ठान अध्यक्ष पर्शुराम कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष लोककिरण न्यौपानेले वडाका गतिबिधिबारे जानकारी दिएका थिए ।

सो भवन निर्माणका लागि सोही वडा निवासी गणेश भण्डारी र अम्बिका भण्डारी दम्पतीले आफ्नो दिवङ्गत छोराको सम्झानामा पाँच कठ्ठा जमिन दान गरेका छन । उक्त भवन जिपी बिल्डर्स कम्पनीले रु एक करोड ४४ लाख ६१ हजार १३ मा निर्माण सम्पन्न गर्ने सम्झौता गरेको छ । दुईतले भवनको विस्तृत आयोजना प्रतिवेदन रु सात करोडको तयार भएको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ७ : ३० बजे

साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण : प्रधानमन्त्री

सल्यान र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले

चितवनको देवनगर सबस्टेसन सञ्चालनमा, भरतपुरको दक्षिण–पश्चिम क्षेत्रमा विद्युत् आपूर्ति सुधार हुने

काठमाडौं। चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३/११ केभी सबस्टेसन सञ्चालनमा आएको छ

लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको पुष्टि गर्ने थप आधार भेटियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन

सातु र सर्वत बितरण गरेर नेवाः सेवा समितिले मनायो अक्षय तृतीया

बुटवल । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।