२८ माघ २०८२, बुधबार | February 11, 2026

जाजरकोटको रिम्ना गाउँपालिकामा एनआरएनएको स्वास्थ्य शिविर



काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले भूकम्प प्रभावित क्षेत्र जाजरकोट जिल्लाको रिम्ना गाउँपालिकामा स्वास्थ्य शिविर संचालन गरेको छ ।

एनआरएनएअन्तरर्गतको विश्व स्वास्थ्य समितिद्वारा शनिवार सञ्चालन गरिएको स्वास्थ्य शिविरमा २ सयभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको समितिका अध्यक्ष डा सञ्जीव सापकोटाले जानकारी दिए ।

सापकोटाका अनुसार शिविरमा भूकम्पपीडितहरूलाई हुनसक्ने सम्भावित रोगबाट बच्नको लागि आवश्यक स्वास्थ्य सामग्री वितरण गर्नुका साथै उनीहरुको स्वास्थ्य अवस्था, औषधि वितरण र मानसिक स्वास्थ्य परामर्श दिइएको थियो । सो शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली काठमाण्डौं देखि जाजरकोट पुगेको थियो । टोलीमा डा. भूपेन्द्र प्रकाश मल्ल, डा. नन्द आचार्य, डा. समीक्षा मल्ल लगायतको सहभागिता रहेको थियो ।

स्वास्थ्य शिविरमा आएका भूकम्प पीडितमा प्रमुख रुपमा श्वासप्रश्वास, चोटपटक र मानसिक रोगलगायतका स्वास्थ्य सम्बन्धी समस्याहरु देखिएका थिए । एनआरएन स्वास्थ्य शिविरका प्रमुख डा मल्लले समयमै व्यवस्थापन गर्न नसके श्वासप्रश्वास र पानीजन्य रोगको प्रकोप हुने सम्भावना रहेको जानकारी दिए ।

मानसिक स्वास्थ्यविज्ञ नन्द आचार्यले भूकम्प पीडितमा मानसिक स्वास्थ्य समस्याहरु जस्तै बरबराउने, डराउने, मुर्छा पर्ने, अत्तालिने, डिप्रेसन, निद्रा नलाग्ने, मदिराजन्य पिय पदार्थमा लत बस्न सक्ने खतरा औलाएका छन् । यसअघि स्वास्थ्य समितिले भूकम्प प्रभावित क्षेत्रलाई लक्षित गर्दै स्वास्थ्य सेवा हटलाइनक संचालनमा ल्याएको थियो ।

स्वास्थ्य समितिले भूकम्प पीडितलाई समयमा राहात, उद्धार तथा स्वास्थ्य उपचार गर्न नसके चिसो बढ्दै गएका कारणले निमोनिया, रुघाखोकीको प्रकोपको थप जोखिम रहेको जनाएको छ । शिविरमा खटिएका स्वास्थ्य विज्ञहरुले सो क्षेत्रमा रहेकागर्भवती तथा सुत्केरी महिला जोखिममा रहेको जनाएको छ। भूकम्पका कारणले घर भत्काउँदा तथा अन्य कारणले गर्भवती तथा सुत्केरी महिला जोखिममा परेका हुन्।

भूकम्प प्रभावित क्षेत्रमा रहेका गर्भवती तथा सुत्केरी महिला र वालवालिकाहरुको स्वास्थ्यमा ध्यान दिन र उनीहरुको उद्धारको लागि सहजीकरण गर्न आवश्यक रहेको संघले जनाएको छ ।

यसअघि एनआरएनए अध्यक्ष डा. बद्री केसीको नेतृत्वमा जाजरकोट र रुकुम पश्चिम पुगेको संघको टोलीले भूकम्प पीडितको लागि राहत वितरण गरेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०८०, आइतबार  ११ : २१ बजे

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी

अख्तियारमा स्थानीयतहमा भएको भ्रष्टाचार विरुद्ध उजुरीको चाङ

नेपालगन्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल, सम्पर्क कार्यालय

निर्वाचनको प्रचारप्रसार अभियानमा सक्रिय बन्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

कास्की । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले