१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

चलचित्र ‘बलिदान’ को ट्रेलर सार्वजनिक



काठमाडौं । नेपाली कथानक चलचित्र ‘बलिदान’ को टिजर रिलिज भएको छ । छायांकनमा जानु अगाडि नै चलचित्रको टिजर रिलिज गरिएको हो । चलचित्र ‘बलिदान’ ‘प्रेम गीत’का निर्माता तथा ‘प्रेम गीत-३’ का निर्देशक सन्तोष सेनले निर्देशन गर्दै छन् ।

सार्वजनिक टिजरले ‘बलिदान’ कुनै समयको विसंगतिविरुद्ध रहेको एक्सनप्रधान चलचित्र बन्ने संकेत गरेकाे छ । टिजरमा विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने रक्तपातपूर्ण क्रान्ति देखिएको छ ।

देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्वको प्रवेशपछि खलबलिएको समाजलाई चलचित्रले समेट्ने बताइएको छ । देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपर चलचित्र रहने निर्देशक सेनले बताएका छन् ।

टिजर रिलिज गरिए पनि चलचित्रका कलाकारबारे जानकारी दिइएको छैन । दोस्रो चरणमा कलाकार र प्राविधिकबारे जानकारी लिने निर्देशक सेनले बताएका छन् ।

आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरीलगायत रहेका छन् । प्राध्यापक, लेखक एवम् साधक दर्शन जीले चलचित्रका लागि कथा लेखेका छन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ७ : ३१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा