१६ मंसिर २०८०, शनिबार | December 2, 2023

भूकम्पका घाइते डिस्चार्ज भएपछि भेरीको ‘डिजास्टर वार्ड’ खाली



नेपालगन्ज । जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरु उपचार पछि घरघर फर्केसँगै नेपालगन्जस्थित भेरी अस्पतालको डिजास्टर (विपद्) वार्ड खाली भएको छ ।अस्पतालमा भर्ना भएका सबै घाइतेहरु उपचार पश्चात राहत सहित घर पठाएपछि विपद वार्ड खाली भएको हो ।

भूकम्पमा परी घाइते भएर उपचारका लागि भेरीमा आएका बिरामीलाई उपचार सेवामा सहजता प्रदान गर्न घाइतेहरुको मात्र उपचारका लागि अस्पतालले अलग्गै ‘डिजास्टर वार्ड’को ब्यवस्थापन गरेको थियो ।

अस्पतालमा भर्ना भएका बिरामी मध्य केही रिफर गरिएको र बाँकी सबै घाइते निको भएर डिस्चार्ज हुँदै घर फर्कन थालेपछि विपद् वार्ड खाली भएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनले उपचाररत ६ जना मात्र भूकम्पका घाइतेहरु अस्पतालमा रहेको र उनीहरुको स्वास्थ्य अवस्था पनि सामान्य भएका कारण अस्पतालको पेइङ्ग वार्डमा राखेर उपचारको ब्यवस्था मिलाइएको जानकारी दिए ।

सोमबार मात्र दुई जना बिरामी निको भएर डिस्चार्ज भएर घर फर्केको फोकल पर्सन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोमबार रुकुमपश्चिम्का १० वर्षीय बालक जगदिश दमाई र जाजरकोटका ४८ वर्षीय विमलकुमार कार्की डिस्चार्ज भएका छन् । कार्की अस्पताल पुगेका पहिलो घाइते हुन् ।

आइतबार पनि अस्पतालबाट उपचारपश्चात निको भई थप ६ जना घाइते विरामी डिस्चार्ज भएर आफनो घरतर्फ प्रस्थान गरेका थिए । आइतबार जाजरकोटका चारजना र रुकुमपश्चिम्का दुई जना गरी ६ जना भूकम्पका घाइते बिरामीहरु उपचारपश्चात् निको भई डिस्चार्ज भएर घर पठाइएको श्रेष्ठले बताए ।

भूकम्पमा परी घाइते भई भेरीमा उपचार गर्न ल्याइएका ५८ जनामध्ये यसअघि ४६ जना बिरामी उपचारपश्चात् निको भएर घर फर्किसकेका छन् । सोमवारसमेत गरी ४८ जना बिरामी निको भएर डिस्चार्ज भएका छन् ।

डिस्चार्ज भएर घर फर्किएका बिरामीलाई घरसम्म पुग्न एमडीएम फ्रान्सले निःशुल्क गाडीको व्यवस्था गरिदिएको छ । बाँके युनेस्को क्लबको सहयोगमा जनही २५ किलो चामल, ५ किलो दाल र २ लिटर तेलसँगै जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले १–१ सेट त्रिपाल, २–२ वटा कम्बल र १–१ कार्टुन मिनरल वाटर प्रदान गरिएको फोकल पर्सन श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २७ कार्तिक २०८०, सोमबार  ६ : ०९ बजे

सुनको सिक्री लुटने बाराका एक युवक पक्राउ

काठमाडौ । सुनको सिक्री लुटेर भाग्ने पक्राउ परेका छन् ।

एनएसएल: वीरगन्जमाथि चितवनको २-१ को जित

काठमाडौ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत एफसी चितवनले पहिलो

कोप २८ लाई नेपालले अवसरको रुपमा सदुपयोग गर्नुपर्छ : प्रधानमन्त्री

दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन सम्बन्धी संयुक्त

माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने ब्यक्ति पक्राउ परेका छन

गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

गाजा । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको