२८ माघ २०८२, बुधबार | February 12, 2026

नेपाल संवतबाट आपसी सद्भाव बढाउन सहयोग पुग्ने उपराष्ट्रपतिको विश्वास



काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल संवतले सम्पूर्ण नेपालीमा सहिष्णुता, मेलमिलाप, भाइचारा, मैत्रीभाव र आपसी सद्भाव बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

नेपालको मौलिक नेपाल संवत ११४४ प्रारम्भ भएको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवद्र्धन गरिएको नेपालको यो राष्ट्रिय संवत् चन्दमास गणना गरी तय गर्ने प्रचलन छ । कात्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुने यो संवत्को पहिलो दिन काठमाडौं उपत्यकामा नयाँ बही खाताको सुरुवात गर्ने परम्परा रहिआएको थियो ।

“शङ्खधरले काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋण एवं दासत्वबाट मुक्त गराई स्वाभिमान र स्वतन्त्रतापूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्नुभएकामा उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै हृदयदेखि नै स्मरण गर्न चाहन्छु”, उपराष्ट्रपतिले शुभकामना सन्देशमा भनेका छन । उनले नेपाल र नेपाली समाजमा शान्ति स्थापना, नेपाली जनताको स्वतन्त्रता र स्वाभिमान बढाउन साख्वाले गरेको योगदानको प्रशंसा गरेका छन । उनले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमसत्तालाई थप प्रगाढ, बलियो र सबल बनाउँदै एकताबद्ध भई मुलुकको विकासको महाअभियानमा दत्तचित्त र एकाग्रताका साथ अघि बढ्न प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेका छन ।

“शङ्खधरले निःस्वार्थ, लोक कल्याणकारी र परोपकारी भावले समाजको हित, समृद्धि, उन्नति तथा प्रगतिका लागि पुर्याउनु भएको योगदानको उच्च कदर गर्न सक्नुपर्दछ, उहाँले अवलम्बन गर्नुभएको सत्कर्म, सत्मार्ग र सत्यनिष्ठालाई अनुकरण र अनुसरण गर्न नेपाल संवत् ११४४ ले सम्पूर्ण देशवासीलाई उत्प्रेरित गर्ने विश्वास व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले सन्देशमा भनेका छन ।

प्रकाशित मिति : २८ कार्तिक २०८०, मंगलबार  ८ : २० बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी