९ चैत्र २०८२, सोमबार | March 23, 2026

बजारभरी भारतीय बिना भन्सारको माला भित्रिएपछि नेपाली किसान सडकमा फूल फालेर घर फर्किए



बुटवल । प्रहरी प्रशासन र प्रदेश सरकारका उच्च पदका ब्यक्तिहरुको संरक्षणमा भारतको करोड बराबरको फूलमाला नक्कली बिलको भरमा बजारमा पुगेपछि स्थानीय किसानले उत्पादन गरेको फूलकोमाला नबिकेर बुटवलको सडकमा मिल्काएर घर फर्केका छन् । बजारमा बिना भन्सारको फूलमाला सस्तो मुल्यमा बेचिएपछि लागतपनि नउठ्दा किसानले फूल सडकमा फालेर घर फर्केका हुन् ।

तिहारको ३ दिन अघि भैरहवा स्थित सिद्धार्थ कोल्ड स्टोरमा बरामद करोड आसपासको फूल र फूलमाला रातारात अन्जान कृषी फर्म र नर्सरीको नक्कली बिलका आधारमा बजारमा पसेपछि नेपाली किसानको फूल र माला बेच्न नसकेर फाल्न बाध्य बनेका हुन् ।

बिना बिल र बिना भन्सार कोल्ड स्टोरमा भण्डारण गरिएको फूलको मालाका तस्करहरुलाई प्रशासनले ३ दिन सम्ममा बिल पेश गर्ने मौका दिएपछि उनीहरुले नेपालका दुरदराजमा कागजीरुपमा दर्ता भएका नर्सरी र एग्रो फर्मका बिल जुटाएर फूलमाला छुटाउन सफल भएका थिए ।

गत साताको विहिबार राती भैरहवाका ब्यवसायी लक्ष्मीदास मानन्धरको कोल्डस्टोरबाट रुपन्देही प्रहरीले करोड हाराहारीको झण्डै १ लाख पीस सयपत्री फूल र माला बरामद गरेको थियो । बरामद भएको माला मध्य ८० हजार पीस माला नक्कली बिलको भरमा छुटेको स्रोतले दाबी गरेको छ ।

यता बजारमा भारतीय माला सस्तो मूल्यमा धमाधम बिक्री वितरण हुन थालेपछि तिहारको २ दिन अघि सम्म उत्साहित नेपाली फूल उत्पादकहरुको ब्यापारमा एकाएक ब्रेक लागेको थियो । बरामद भएको फूलमाला भारतीय ब्यापारी दुर्गेश चौरसीया र तिलोत्तमाका एक नर्सरी संचालकको भएको स्रोतले दाबी गरेको थियो । ४० हजार पीस दुर्गेशको र २० हजार ती कृषक तथा अन्य क्यारिङ गर्नेहरुले कोल्ड स्टोरमा भण्डारण गरेको स्रोतको दाबी थियो ।

फूल खेतीमा उत्साहित बनेर अन्य बाली नष्ट गर्दै फूल खेती गरेका किसानलाई राज्यको असहयोगका कारण सिमावर्ती बजारका अधिकांस किसान मर्कामा परेको तिलोत्तमाका एक किसानले बताए ।

फोटो सौजन्य : सुमन अधिकारी

प्रकाशित मिति : २९ कार्तिक २०८०, बुधबार  ४ : ३१ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा