२ पुस २०८२, बुधबार | December 17, 2025

महिला टी-२० सिरिज : दोस्रो खेलमा नेपाल हङकङको सामना गर्दै



काठमाडौं । ४ देश सम्मलित महिला टी-२० क्रिकेट सिरिजको दोस्रो खेलमा आज (बिहीबार) नेपालले हङकङसँग खेल्दैछ । नेपाल र हङकङको खेल हङकङस्थित हङकङ क्रिकेट क्लबको मैदानमा हुनेछ ।

नेपाल र हङकङबीचको खेल नेपाली समयानुसार बिहान ११:४५ बजेदेखि सुरु हुनेछ । दुवै टोली जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन् ।

नेपालले पहिलो खेलमा हार बेहोरेको थियो । बुधबार भएको खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो ।

बिहीबार दोस्रो खेलमा हङकङसँग खेल्न लागेको नेपालले मंसिर २ गते जापानको सामना गर्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन्। पुछारका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ५० बजे

राष्ट्रिय सभा निर्वाचन : सातै प्रदेशमा तोकियो मतदान स्थल र केन्द्र

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनको लागि सात वटै

एमाले ११ औ महाधिवेशन : ८ बजे सकिँदै मतदान स्थल प्रवेशको समय

काठमाडौं । मतदानमा ढिलाई हुँदै गएका कारण नेकपा एमालेको ११

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा