२७ भदौ २०८३, शनिबार | September 12, 2026

फिफा विश्वकप छनोट : आज नेपालले यूएईको सामना गर्दै



काठमाडौं । फिफा विश्वकप २०२६ एएफसी छनोटको दोस्रो चरणमा नेपालले आज (बिहीबार) बलियो टोली संयुक्त अरब ईमिरेट्स (यूएई)सँग खेल्दैछ । खेल नेपाली समय अनुसार रातको ९:३० बजे सुरु हुनेछ ।

दोस्रो चरणको पहिलो खेलमा नेपालले यूएईको सामना गर्न लागेको हो । नेपाल रहेको समूहमा यूएई सबैभन्दा बलियो टोली हो । विश्वकप २०२६ एएफसी छनोटका लागि नेपाल रहेको समूहमा नेपालसँगै यूएई, बहराइन र यमन छन् ।

फिफा वरीयतामा यूएई ६९औं स्थानमा छ । बहराइन ८३औं तथा यमन १५६औं स्थानमा रहँदा नेपाल १७३औं स्थानमा छ ।

पहिलो चरणमा लाओसलाई पराजित गर्दै नेपाल दोस्रो चरणमा पुगेको हो । दोस्रो चरणमा नेपालले ३ वटै टिमसँग २-२ वटा होम र अवे गरी ६ खेल खेल्नेछ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले यूएईविरुद्धको खेलका लागि तयारी राम्रो रहेको बताएका छन् । यूएई बलियो टोली रहेको उल्लेख गर्दै प्रशिक्षक अनेसेले नेपालले पनि राम्रो तयारी गरेको बताए ।

प्रशिक्षक अनेसेले यूएईसँगको खेलका लागि टिममा ३ नयाँ खेलाडीलाई स्थान दिएका छन् । डिफेन्समा योगेश गुरुङ, मिडफिल्डरमा निशान हमाल र फरवार्डमा राजेश परियार छन् ।

प्रशिक्षक अनेसेले युवा खेलाडीको बाहुल्यताका कारण टोलीमा जोस रहेको दाबी गरे । ‘हाम्रो टोलीमा युवा खेलाडीहरुको बाहुल्यता छ । रोहित र किरण बाहेक सबै युवा खेलाडी छन् । त्यसैले यो टोलीमा जोस छ,’ उनले भने ।

दोस्रो खेल नेपालले यमनसँग खेल्दैछ। नेपाल र यमनबीचको खेल दशरथ रंगशालामा मंसिर ५ गते हुनेछ ।

नेपाली टिम

गोलकिपर: किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डर: सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्ड: अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परिया

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ७ : ५४ बजे

हरितालिका तीजका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नेपालगन्ज । हरितालिका तीजको अवसरमा संघीय सरकारबाट महिलाहरुका लागि सार्वजनिक

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले एउटै परिवारका दुई

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल

माछापुच्छ्रे बैंकले ६ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई चूक्तापूँजीको ६ प्रतिशत

ग्यास प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य लिए डिलर खारेज गरिने

काठमाडौं । नेपाल ग्यास उद्योगले प्रतिसिलिन्डर २१६५ रुपैयाँभन्दा बढी मूल्य