७ कार्तिक २०८३, शनिबार | October 24, 2026

नरैनापुरमा बेवारिसे शव फेला



नेपालगन्ज। बाँकेको नरैनापुरमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ । नेपालगन्ज नरैनापुर हुलाकी सडकखण्डमा पर्ने नरैनापुर गाउँपालिका ३ गेगलीनजिक रहेको कल्भर्टमुनि जमेको पानीमा आज दिउँसो बेवारिसे शव फेला परेको हो ।

डुबेको अवस्थामा अन्दाजी ५० बर्षीय पहिचान नखुलेको एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्ज पठाइएको प्रहरी निरीक्षक रायमाझीले बताए । शवको फोटो सार्वजनिक गर्दै प्रहरीले पहिचान गरि प्रहरीमा सूचना गर्न प्रहरीले अनुरोध गरेको छ । घटनाका बारेमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८०, बिहिबार  ६ : ५१ बजे

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना

बेनी-दरवाङ-मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने

म्याग्दी । बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी-दरवाङ-मुना

दसैँको टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

काठमाडौं । विजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा