२० मंसिर २०८२, शनिबार | December 7, 2025

रुपन्देहीको तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला सुरु



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आजदेखी औद्योगिक व्यापार मेला सुरु हुने भएको छ । तिलोत्तमा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखी तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८०’ हुने भएको हो ।

ञसबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापारझ भन्ने मुल नाराका साथ मंसिर १२ गतेसम्म संचालन हुने मेलामा गेट, सचिवालय, मञ्च, स्टललगायतका निर्माण कार्य सकिएको छ । मेलाको उद्घाटन प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य डा। चन्द्र भन्डारीले गर्ने कार्यक्रम तय भएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणनिधी भण्डारी (माधव)ले बताए ।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था , टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी सहित प्रभात फेरि कार्यक्रम गरिने प्रकाशन, जनचेतना र्याली श्रब्य दृष्य ब्यवस्थापन समितिका संयोजक हरिलाल पाण्डेले बताए ।

प्रभात फेरि कार्यक्रम मेला सचिवालयबाट कफि कम्पनी, मणिग्राम चोक, क्रृमसन अस्पताल हुँदै मेला सचिवालयमा पुगेर समापन हुने र उत्कृष्ट झाकी प्रदर्शन गर्ने समुहलाइ प्रथम, दोस्रो, तेस्रो र सान्त्वना पुरस्कारको ब्यवस्था गरिएको संयोजक पाण्डेले बताए ।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पाण्डेले बताए ।

प्रदर्शनीमा कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी वस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजी गरिने गोष्ठी, तालिम तथा सेमिनार समितिका संयोजक सुरज पगेनिले जानकारी गराए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान हुने विश्वास गरिएको छ ।

मेला तथा महोत्सवका मुख्य उद्देश्यहरुमा स्वदेशी उत्पादनको प्रदर्शनी, नयाँ प्रविधिको खोजी, कला र संस्कृतिको जगेर्ना, कृषिको व्यवसायीकरण, पर्यटन प्रवर्द्धन, युवा उद्यमीलाई प्रोत्साहन, स्वरोजगार श्रृजना, गोष्ठी र अन्तक्रिया रहने छन ।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू रहने छन् ।

मेला तथा महोत्सवलाइ मनोरञ्जनात्मक बनाउन लोक दोहोरी प्रतियोगिता, नेपालका ख्याति प्राप्त गायक गायिका, हास्य कलाकार, स्थानीय कलाकारहरुको प्रस्तुती, सांगितिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल आदि प्रतियोगिताहरु रहने जनाइएको छ ।

मेला सम्पन्न गर्न सरकारका विभिन्न निकायहरु, राजनीतिक दल, संघसंस्था, सुरक्षा निकाय, उद्योगी, व्यवसायी, संचारकर्मी, समाजसेवी एवं आमनागरिकहरुको पूर्ण साथ र सहयोग प्राप्त हुनेमा संघले विश्वास लिएको सचिवालय तथा मंच व्यवस्थापन समिति संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ७ : ४६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल