३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

दुःख पर्दा नबोल्ने सरकार आवश्यक छैन : डा.चन्द्र भण्डारी

तिलोत्तममा सुरु भयो ब्यापार मेला



बुटवल । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले दुःख र परिश्रमले ल्याएको संविधान कार्यान्वयन गर्न नसकिएको बताएका छन् । ‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मुल नाराका साथ आजबाट तिलोत्तमामा सुरु भएको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव-२०८० को आज उदघाटन गर्दै नेता भण्डारीले जनताको पहुच सरकारमा पुर्‍याउन बनाएको संयन्त्रले ध्यान पुर्‍याउन नसक्दा संविधान कार्यान्वयनमा समस्या आईरहेको बताए।

उनले सरकार दुख पर्दा बोल्नु पर्ने जिकिर गर्दै दुख पर्दा नबोल्ने सरकार आवश्यक नरहेको बताए। उनले आफुले सदन तथा सडकबाट उठाएको कुरा ८ देखि १६ प्रतिशत बैक ब्याज बढाउने काम गलत भएको बताउदै बैंकले लिलामी गर्ने प्रयास गरेमा आफु त्यसको बिरोधमा उत्रीने प्रतिबद्धता ब्यक्त गरे। उनले देशलाई लुट्ने थलो बनाइएको आरोप लगाउदै प्रत्येक वर्ष प्रधानमन्त्री थप्ने काम मात्रै भएको बताए।

भण्डारीले नेपालमा किसानहरुले फुल लगाउने समयमा लगाएपनि बेच्ने बेलामा बाहिरबाट आएको फुलले बजार खाँदा नेपाली उत्पादनले बजार नपाएर फुल फाल्नुपर्ने अवस्था आएको बताए। उनले रुपन्देही सबैभन्दा बसाइसराई भएर आएको ठाउँ भएको बताउदै सबैलाइ ब्यवस्थापन गर्नुपर्ने चुनौती थपिएकोले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको बताए।

राष्ट्रिय कोष र करले अहिलेको अवस्था धान्न नसकेको बताउदै उनले अहिलेकोअवस्थाले कर्मचारी तन्त्र, सुरक्षा निकाय, तीन तहका जनप्रतिनिधिलाई तलब खुवाउन नसक्ने अवस्था रहेको बताए।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य समेत रहेका भण्डारीले उनले नेपालका नेता खराब नभएपनी नेताका वरिपरि कस्ता मान्छे छन भन्ने कुरा महत्त्वपूर्ण हुने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको महसुस गरेको बताए।

तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आज देखि तिलोत्तमाको मणिग्राममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव(२०८० ’ शुरु भएको हो ।

मेला उद्घाटन पूर्व मेला सचिवालयबाट आमा समूह, क्लब, संघ संस्था,टोल बिकास संस्थालगायतको सहभागितामा विभिन्न जात जातिको भेष भुषा र झाकी गरि ११९ टोलि सहित प्रभात फेरि गरिएको थियो ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले महोत्सव सफल बनाउन आग्रह गरे ।

उनले सामान्य मेला जस्तो देखिएपनी यो मेला निकै महत्त्व रहेको बताउदै रोजगार सिर्जना गर्दै मेलाले आर्थिक चलायमानमा सहयोग गर्ने दाबी गरे। उनले नगर सरकारको तर्फबाट मेला लगाउन स्थायी संरचना बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य केशव भण्डारी,बुटवल उद्योग बाणिज्य संघ अध्यक्ष हरि प्रसाद अर्याल, नेकपा एमाले नगर अध्यक्ष तामनाथ पाण्डे, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष बेन प्रसाद शर्मा, मेला सह आयोजनक सस्था तिलोत्तमा ब्यापार संघका अध्यक्ष बाबुलाल भुसाल, सहआयोजक सस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका अध्यक्ष प्रेम जिएम लगायतले मेलाको सफलताको शुभकामना ब्यक्त गरेका थिए।

मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्री हुने संघका महासचिव राजकुमार पान्डेले बताए ।

प्रदर्शनीमा स्वदेशी उत्पादन, बजार व्यवस्थापन, उपभोक्तामाझ नयाँ प्रविधि र वस्तुको पहिचान एवं प्रवर्द्धनको माध्यमबाट आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको मेला आयोजक मुल समितिका संयोजक तथा तिलोत्तमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणानिधी भन्डारी (माधव)ले बताए।

मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका ३०० स्टलहरू छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ६ : ३३ बजे

लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान, नेपालगन्जका फार्मेसी तथा औषधि पसल अनुगमन कडा पारिँदै

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्ब्यसन तथा ओसारपसारविरुद्धको

आज सीता उत्पत्ति दिवस, रामजानकी मन्दिरमा पूजा आराधना गरी मनाइदै

काठमाडौं । आज वैशाख शुक्ल नवमी अर्थात् सीता उपत्ति दिवस

पाल्पा जीप दुर्घटनामा थप एकजनाको मृत्यु, तेह्र घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप

आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

आज मदन–आश्रित स्मृति दिवस, एमाले र एकीकृत समाजवादीको छुट्टाछुट्टै कार्यक्रम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तत्कालीन महासचिव मदन