४ असार २०८२, बुधबार | June 18, 2025

ज्यानमार्ने उद्योगमा संलग्नलाई पक्राउ गर्न बाँकेमा प्रहरीले गोली चलायो, खजुराखुर्दबाट आकाश राना पक्राउ



नेपालगन्ज । बाँकेमा ज्यान मार्ने कसुरमा संलग्न एकजनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । गोली हानेर ज्यान मार्ने उद्योग कसुरमा संलग्न एक जनालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

प्रहरीले चलाएको गोली लागेर बैजनाथ गाउँपालिकाका ३१ वर्षीय आकाश राना घाइते भएका छन् । प्रहरीको खोजी सुचीमा रहेका आकाशलाई पक्राउ गर्न खोज्दा भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहराले बताए ।

गत कार्तिक ३० गते बिहान कोहलपुर स्थित चप्परगौडीमा स्थानीय मीन बहादुर बिकलाई आकाश राना सहितका युवाहरूले धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । रानाको समूहले खुकुरी प्रहार गर्दा २९ वर्षीय मीनबहादुर गम्भीर घाइते भएका छन् । उनलाई नेपालगन्जमा उपचार सम्भव नभएपछि उपचारको लागी भारतको लखनउमा पठाइएको छ ।

खुकुरी प्रहारमा संलग्नलाई खोज्दै प्रहरी शुक्रवार जानकी गाउँपालिका–४ स्थित खुर्द खजुरामा पुगेको हो । प्रहरीलाई देखेपछि आकाश राना भागेपछि गोली चलाएर नियन्त्रणमा लिइएको एसपी बोहराले जानकारी दिए । रानाको दायाँ खुट्टामा गोली लागेको छ ।

कार्तिक २८ मा कोहलपुर नगरपालिका–११ मा आकाश रानाले करणी प्रयास गरेको समेत प्रहरीको आरोप छ । उनी लागु औषध मुद्दामा ५ वर्ष जेल बसेर निस्केका हुन् । २०७४ देखी ०७९ सम्म राना नेपालगन्ज कारागारमा थुनामा बसेका थिए ।

नोट : समाचार शिर्सकमा आकाश राना हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  १ : २६ बजे

विनयी खोलामा आएको बाढीले पुनः डाइभर्सन बगायो, पूर्व-पश्चिम राजमार्ग दुईतर्फी अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बुटवल-नारायणगढ सडकखण्ड पुन: अवरुद्ध भएको

‘स्वच्छ हावामा सास फेर्न पाउने वातावरण बनाऔँ’

काठमाडौं । काठमाडौं उपत्यका र भारतसँग सिमाना जोडिएका तराई क्षेत्रको

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ