२८ माघ २०८२, बुधबार | February 12, 2026

छठलाई कोनिया, ढाकी, नाङ्गलो बनाउन मरिक समुदायलाई भ्याईनभ्याई



इनरुवा । मिथला क्षेत्रमा तामझामका साथ मनाइने छठ आउन एक दिन मात्र बाँकी रहेका बेलामा मरिक समुदायका मानिस छठमा प्रयोग हुने बाँसका सामग्री बनाउन व्यस्त भएका छन् ।

सुनसरी हरिनगरसहित जिल्लाका विभिन्न स्थानका मरिक समुदायका मानिस छठमा प्रयोग हुने कोनिया, ढाकी, नाङ्गलोलगायत बाँसका सामग्री बनाउन व्यस्त भएका हुन् । छठ नजिएको बेला बाँसका सामग्रीको माग अत्यधिक हुने गरेकाले बाँसको सामग्री बनाउन लागेको हरिनर-२ रामनगरभुटहाका वीरेन्द्र मरिकले राससलाई बताए ।

अहिले गाउँगाउँबाट रु एक सयदेखि तीन सय ५० सयसम्मा बाँस किनेर ल्याइ छठमा प्रयोग हुने सामग्री बनाउन लागेको मरिक समुदायका अगुवाले बताएका छन् । छठ पर्वमा बाँसकै सामग्री आवश्यक पर्ने भएकाले वर्षभरि आम्दानी गर्न नपाएका मरिक यो बेलामा राम्रो आम्दानी गर्ने उद्देश्यका साथ बाँसको सामग्री बनाउन व्यस्त हुने गरेको स्थानीय मरिक बताउँछन ।

स्थानीय मरिकका अनुसार छठ पर्व गर्ने प्रत्येक वर्ष बढेकाले आफूलाई बाँसको सामग्री सबैलाई पु¥याउन नै गाह्रो हुने गरेको छ । छठमा बाँसको सामग्री पु¥याउनलाई आफू महिना दिनअघिदेखि नै काममा व्यस्त भएको स्थानीय गीता मरिकले बताए ।

आफ्नो समुदायको रोजगारी र पेशा नै बाँसको सामग्री बनाउने भएकाले त्यसैमा सक्रिय भइ लागेको र त्यसबाट आएको आम्दानीले छोराछोरी पढाउने गरेको उनले बताए । श्रीमान् र छोराछोरीसँगै छठसम्ममा दुई सय कुनिया र ढाकी बनाउने र बिक्री गर्ने योजना रहेको छ । हरिनगरका मरिक जस्तै कोसी, देवानगञ्ज, गढी, इनरुवा, रामधुनी, बराहक्षेत्र, भोक्राहा, दुहबीलगायत स्थानका मरिक छठ लक्षित बाँसको सामग्री बनाउन व्यस्त अन् ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ७ : २८ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी