२ पुस २०८२, बुधबार | December 18, 2025

धनगढीमा भिषण आगलागी, अस्पतालसहित ८ पसलमा क्षति



धनगढी । शनिबार बिहान कैलालीको धनगढीमा भएको भीषण आगलागीबाट अस्पतालसहित आधा दर्जन बढी पसलमा क्षति पुगेको छ । शनिबार बिहान धनगढी उपमहानगरपालिका-१ मा रहेको सारथी अस्पताल क्षेत्रमा आगलागी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कुलदीप चन्दका अनुसार शनिबार बिहान १ बजेको समयमा सुरुमा सारथी अस्पताल छेउको पसलबाट आगलागी सुरु भएको थियो । दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर (जुत्ता चप्पलको होलसेलको गोदाम)मा बिद्युत तार सर्ट भएर आगो लागेको थियो ।

त्यसपछि आगो फैलिएर नजिकका अन्य ६ वटा पसल तथा अस्पतालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागीबाट भण्डारीले सञ्चालन गरेको जुत्ता चप्पलको होलसेलको गोदामका साथै टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देबी शप (बच्चाका सामानहरु पाइने पसल), बासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टरमा क्षति पुगेको छ । यस्तै, जगत बहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर, यसोदा साउदले सञ्चालन गरेको न्यु सदिक्षा इन्टरप्राइजेज, जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स र गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु-सेन्टरमा पनि क्षति पुगेको छ ।

आगलागीबाट सारथी अस्पतालमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरीक्षक देवेन्द्र पालको कमाण्डमा ४० जना प्रहरी परिचालन भएका थिए । यस्तै, तेघरी व्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमाण्डमा २६ जना नेपाली सेना, शसस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट डीएसपी खेमराज ठकुल्लाको कमाण्डमा ३० जनाको टोली खटिएको थियो ।

धनगढी उपमहानगरपालिकाको २ वटा, गोदावरी नगरपालिकाको १ वटा र पुनर्बास नगरपालिकाको १ वटा गरी ४ वटा दमकलको मद्दतबाट आगो नियन्त्रणमा लिइएको थियो । आगो निभाउन अग्नि नियन्त्रक तथा सुरक्षाकर्मीसँगै स्थानीय बासिन्दा र जनप्रतिनिधि पनि सक्रिय भएका थिए । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ८ : ३९ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल