२९ माघ २०८२, बिहिबार | February 12, 2026

राजसंस्था र हिन्दु राज्यका पक्षमा उभिने जो सुकैलाई समर्थन : कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यको माग गर्ने जुनसुकै समुहलाई समर्थन गर्ने जनाएका छन । राप्रपा नेपालका कारण राजतन्त्रको पक्षमा माहौल बनेको दावी गb}{ अध्यक्ष थापाले प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था नभएको पनि जनाएका छन ।

‘२०६३ सालको कहालीलाग्दो अवस्थामा हिन्दुराष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको एजेण्डा बोकेर हिड्ने एकमात्र दल राप्रपा नेपाल हो, संख्याको कमिले संविधानसभाबाट राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न नसके तापनी जनताको अभिमतबाट हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना गर्न सक्ने संवैधानिक अधिकार सुनिश्चित गर्ने कामको श्रेय समेत राप्रपा नेपाललाई रहेको छ’ थापाले भनेका छन, ‘यही अधिकारको कारण राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा आवाज उठाउने र स्थापना गर्ने हक जनताले पाएका छन् ।’

अहिले विभिन्न दल, व्यक्ति र समुह राजसंस्था र हिन्दुराष्ट्रको पक्षमा उभिएको र संघर्ष गर्न तयार भएको देख्दा खुसी र गौरवको अनुभूति भएको पनि थापाले जनाएका छन् ।

‘राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको निम्ति जोसुकै दल वा समुहबाट भएका र हुने प्रयास र कार्यमा राप्रपा नेपालको नैतिक समर्थन रहने छ,’ उनले भनेका छन, विगतमा हामीबाट पनि केही कमजोरी र त्रुटी भएका छन्। विगतको अनुभवबाट पाठ सिकेर राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न चाहने सबै एउटै मोर्चामा आबद्ध भै निर्णायक संघर्षमा जुट्न राप्रपा नेपाल आह्वान गर्दछ ।’

राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको मुद्दालाई सत्ता प्राप्तिको भर्‍याङ वा निहित स्वार्थ पुर्ति गर्ने माध्यम बनाउन नहुने थापाको भनाई छ । ‘यो अभियानलाई कसैसँगको प्रतिशोध साध्ने, कुनै माग वा स्वार्थ पुरा नभएको झोक पोख्ने वा छुद्र अभिव्यक्ति दिने साधन बनाउनु हुँदैन, राजसंस्था र हिन्दुराष्ट्र स्थापनाको अभियान कुनै दल व बिचारको विरुद्ध केन्द्रित हुनु हुँदैन,’ उनले भनेका छन, ‘प्रजातन्त्र वा दलहरुको विकल्प राजसंस्था होईन । सबै राजनीतिक दल र विचार अटाउने व्यवस्था मात्र नेपाल र नेपालीको हितमा हुनेछ ।’

उनको तर्क छ, ‘राजासहितको प्रजातन्त्र र हिन्दुराष्ट्रको मान्यता सबै नेपालीको साझा आदर्श बनाउनु पर्दछ ।’

प्रकाशित मिति : २ मंसिर २०८०, शनिबार  ४ : ०१ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

काँग्रेस उपसभापति शर्माले बुधबार रुपन्देहीका नेता कार्यकर्तालाई सम्बोधन गर्ने

बुटवल । आसन्न प्रतिनीधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाली काँग्रेसका

बेनी-ढोरपाटन-रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने प्रचण्डको प्रतिबद्धता

म्याग्दी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले

निर्वाचनलाई सुरक्षित तबरले सम्पन्न गर्न प्रधान सेनापतिको निर्देशन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले अन्य सुरक्षा निकाय र

लुम्बिनी प्रदेशमा एक वर्षमा चार हजार ४२८ भ्रष्टाचारसम्बन्धी उजुरी

लुम्बिनी । लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ विभिन्न प्रकृतिका भ्रष्टाचारसम्बन्धी