४ पुस २०८२, शुक्रबार | December 20, 2025

दुर्घटनामा एकको मृत्युु



महेन्द्रनगर । पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कञ्चनपुरको महेन्द्रनगर–भाषीखण्डमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार भाषीमा सु प प्र ०२००४१ प २७०० नम्बरको स्कुटर र म २ प ७४५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा स्कुटर चालक भीमदत्त नगरपालिका-९ का ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको हो ।

सख्त घाइते उनको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही स्कुटरमा सवार कार्कीका श्रीमती लक्ष्मी कार्की भने सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि फरार रहेका मोटरसाइकल चालक बेदकोट नगरपालिका-१० का २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने सो बखत सोही दुर्घटनास्थलमा रहेको ट्र्याक्टर चालकलाई समेत सोधपुछका लागि नियन्त्रणमा लिएको जनाइएको छ । मतृकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८०, सोमबार  ११ : ५६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको